चीनले राख्यो भारतसमक्ष यस्तो प्रस्ताव, अब के गर्छ भारत ?

भदौ २६, एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन सरकार भारतसँगको सीमा विवाद कम गर्न तयार रहेको बताएका छन् ।

विदेशमन्त्री वाङले चिनियाँ सरकार वास्तविक नियन्त्रण रेखामा भारतसँगको तनाव कम गर्न ‘ठोस कदम चाल्न’ इच्छुक रहेको बताए । भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको भोलिपल्ट विदेशमन्त्री वाङले सो कुरा बताएका हुन् ।

विदेशमन्त्री वाङ र भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो । सो भेटवार्तामा दुई देशबीचको सीमा विवादको समस्या समाधान गर्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ ।

शुक्रबार मस्कोमा रसियन विदेशमन्त्री सर्गेई लावरोवसँगको संयुक्त प्रेस सम्मेलनमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङले वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना र सैनिक सामाग्री तत्काल हटाउनुपर्नेमा जोड दिए ।

उनले भने- ‘दुबै ब्रिक्स सदस्य देश चीन र भारतले लगातार तनावका विषयमा छलफल गरिरहेका छन् । मैले यो कुरा भारतीय विदेशमन्त्री एस जयशंकरसँग राखेको छु, भारतका अन्य सुरक्षा अधिकारीहरुसँग पनि कुरा गरेको छु ।

यसबारेमा हामी दुई देशका समकक्षीबीच हिजो लामो कुराकानी भएको छ । भारतीय विदेशमन्त्रीले शान्ति कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

हामी वार्ताबाटै समस्याको समाधान गर्न चाहान्छौ । यो मामलालाई बढाउन चाहादैनौं । यसका लागि हामी ठोस कदम चाल्न तयार छौं । सबैभन्दा जरुरी भनेको नयाँ उल्लंघन हुनुहुँदैन ।

त्यसका लागि तत्काल सेना, हतियार र युद्ध सामाग्रीहरु वास्तविक नियन्त्रण रेखाबाट हटाउनुपर्छ ।’ दुबै देशका विदेशमन्त्री सांघाई सहयोग संगठनको बैठकमा भाग लिन रुसको राजधानी मस्को पुगेका हुन् ।

चीनमाथि आ’क्रमण गर्ने चेता’वनी दिएको भारत पछि हट्यो

भारत र चीनबीच सीमावर्ती लद्दाखको चुशुलमा शुक्रबार ब्रिगेड स्तरका सैनिक अधिकारीहरुबीच वार्ता भएको छ । चीन र भारतका विदेशमन्त्रीबीच रुसको मस्कोमा द्वीपक्षीय वार्ता भएसँगै दुबै देशका सैन्य अधिकारीबीच वार्ता भएको हो ।

भारतीय सैनिक स्रोतले दुबै देशका सैन्य अधिकारीबीच बिहान ११ बजे शुरु भएको वार्ता अपराह्न ३ बजे समाप्त भएको जनाएको छ ।

चीन र भारत सीमा क्षेत्रमा केही समयदेखि उत्पन्न विवादका विषयमा बिहीबार चीनका विदेशमन्त्री वाङ यी र भारतका विदेशमन्त्री एस जयशंकरबीच रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो ।

दुबै विदेशमन्त्री सांघाई सहयोग संगठनको बैठकमा भाग लिन यतिबेला मस्कोमा छन् । दुबै मन्त्रीबीचको भेटवार्ता करिब अढाई घण्टा चलेको थियो ।

भारतीय संचार माध्यमहरुका अनुसार भारतीय विदेशमन्त्री जयशंकरले पूर्वी लद्दाखको सीमाक्षेत्रमा उत्पन्न गतिरोधले दुबै मुलुकबीचको सम्बन्धमा व्यापक असर परेको बताएका थिए । विद्यमान परिस्थितिको जतिसक्दो चाँडो समाधान गर्न सकिए त्यो दुबै देशको हितमा हुने विचार पनि मन्त्री जयशंकरले चिनियाँ समकक्षीसमक्ष राखेका थिए ।

वार्तामा भारतीय पक्षले सीमा क्षेत्रको व्यवस्थापनका सन्दर्भमा यसअघि दुबै देशबीच भएका समझदारी र सम्झौता पालना गर्न भारत तत्पर रहेको बताएको थियो ।

स्रोतका अनुसार भारतीय विदेशमन्त्रीले सीमामा उत्पन्न विवाद समाधानका लागि चीन समक्ष पाँच बुँदे प्रस्ताव राखेका थिए । भारत र चीनबीच गत अप्रिल–मे महिनादेखि गल्वान उपत्यका, फिन्गर विन्दु, हट स्प्रिङ र कोङरुङ नाला क्षेत्रलाई लिएर विवाद जारी छ ।

गल्वान क्षेत्रमा गत जुन महिनामा २० जना भारतीय सैनिकको मृत्यु भएपछि विवाद उत्कर्षमा छ । गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री जनरल वाई फेङबीच पनि रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *