एक महिलाले फेस’बुकमा राम्रो फोटो राखेर पुरुषसंग लभ पारेपछि…

भदौ २८, बर्दिया । बर्दियाकी ३३ वर्षीया आशिककुमारी चौधरीले अर्कैको राम्रो फोटो राखेर नक्क’ली फेस’बुक आइडी बनाइन् ।

राम्री केटीको फोटो देखेपछि नवलपरासीका युवा फेसबुकमा जोडिन आइपुगे । आशिककुमारी पनि के कम, गफ गर्न थालिन् । सामान्य चिनजानबाट शुरु भएको कुराकानी मायाप्रेमसम्म पुग्यो । च्याटमात्रै होइन, फोनमा कुरा हुन थाले ।

दुवै जनाले लामो कुराकानी गर्न थाले, भेटेर रो’मान्स गर्नेसम्मको । आशिककुमारीले आफ्नो व्यापार, व्यवसाय राम्रो भएको गफ दिन्थिन् । आफ्नै गाडी भएको बताउँथिन् । उनले आफ्नो उमेर २२ वर्ष बताएकी थिइन् ।

जवान केटी, व्यापार व्यवसाय राम्रो भएको र गाडीसमेत भएको भनेपछि केटा त्यसै मोहित हुने भए नै । उनले भिडियो कल गर्ने प्रयास गर्न थाले । केटी भिडियो कलमा आइनन् । किनकी, उनी फेसबुकमा देखिएकी केटी थिइनन्, न त २२ वर्षकी नै थिइन् । उनी त दुई सन्तानकी आमा थिइन् ।

केटाले भेट्ने कुरा गर्थे । केटी टारिरहन्थिन् । अति नै कर गरेपछि केटीले अर्को गफ दिइन्, मेरो पोखरामा पनि घर छ । त्यहाँ जाने बेलामा बाटोमा भेटौला र सँगै पोखरा जाम्ला । केटा त्यसै मख्ख परे । छिटो आउन भन्न थाले ।

भदौ २६ गते उनले घरबाट निस्केको जानकारी दिइन् । आफ्नै गाडीमा जाने क्रममा चन्द्रौटामा पुगेपछि अप’ह’रणमा परेको बताइन् । केटा आत्तिए । केटीले प्रहरीलाई आफू अप’हरणमा परेको जानकारी गराइन् ।

कुरा बाँके प्रहरीमा मात्रै सीमित रहेन, प्रदेश हुँदै हेडक्वाटरसम्म पुग्यो । प्रहरीले रातभरी अ’प्रेशन चलायो । प्रदेशका डीआइजी र हेडक्वाटरका उच्च अधिकारीहरु राती अबेरसम्म जागाराम बसे, खोजतलासमा लागिरहे ।

केटीको फोनको लोकेसन नेपालगञ्ज नै देखाइरहेको थियो । धेरै मेहनतपछि प्रहरीले केटीलाई नेपालगञ्जको फूल्टेक्रामा फेला पा¥यो । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, आशिककुमारीले केटाले भेट्न कर गर्न थालेपछि आफूले नाट’क गरेको बताएकी छन् ।

आशिककुमारीको फेसबुक आइडी आफ्नो थिएन, न त फोटो नै थियो । केटाले देख्दा नराम्रो भनेर झस्कि’ने भएकाले उनले अप’हर’णको नाटक गरेकी थिइन् ।

अपह’रणको नाटक गरेर प्रहरीलाई दुःख दिएकाले प्रहरीले आशिकुमारीलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

म शौचालयमा छु, चार जनाले मलाई अप’हरण गरे भन्दै प्रह’रीलाई फोन गरेपछि…

सानु दहितको नाममा फेसबुक आइडी, प्रोफाइलमा सुन्दर फोटो । फेसबुकमा जोडिए नवलपरासीका युवा ।

च्याटमा गफ शुरु भयो । फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटाले भिडियो कल गरौं भन्दा केटी मानिरहेकी थिइनन् । किनकी, उनी फेसबुकको प्रोफाइलमा राखेको फोटोजस्तो सुन्दर थिएनन् ।

फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् । नेपालगञ्जमा व्यापार व्यवसाय गरेको फूर्ति लगाइरहिन्। केटा अझ आकर्षित हुँदै गए। भेट्ने कर गर्न थाले।

केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु। त्यही बेलामा बाटोमा भेटौला र पोखरासँगै जाम्ला ।’

फेसबुके प्रेमीसँग रो’मान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे। एक दिन केटी नेपालगञ्जबाट हिडेको बताइन् । उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अ’पह’रणमा परेको बताइन्।

प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अप’हरण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दैछन् । मलाई उद्दार गर्नु पर्यो।’

घटना भदौ २६ गतेको थियो । बाँके प्रहरी, प्रदेशका डीआइजी हुँदै कुरा हेडक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेशमात्रै होइन, पुरै हेडक्वाटर नै परिचालन भयो । फोनको लोकेसन हुँदा नेपालगञ्ज नै देखाइरहेको थियो ।

प्रहरीले भोलीपल्ट २७ गते नेपालगञ्जको फूल्टेक्रामा उनलाई भेटायो । बर्दियाबाट नेपालगञ्ज आएर बसेकी ३३ वर्षकी आशिक कुमारी चौधरीले यो सब नाट’क गरेकी थिइन् । प्रहरी’ले केरकार गर्दा उनले केटाले भेट्न कर गरेपछि आफूले नाटक रचेको बताएकी छन् ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरेर घटना बाहिर ल्याएका हुन् । प्रहरीले झु’ठो मु’द्दा र ग’लत सूचना प्रवाह गरेको आ’रोपमा कार’बाही प्रक्रिया अघि बढाएको छ ।

रमाइलोका लागि अपह’रणको नाटक गर्ने महिला प’क्राउ

अपह’रणको ना’टक गर्ने एकजना महिलालाई प्रह’रीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मैनवा घर भई नेपालगञ्ज उपमहानगरपालिका-६ फूलटेक्रा बस्ने ३३ वर्षीय आशिककुमारी चौधरी रहेकी छन् ।

काल्पनिक घटना बनाएर आफू अपह’रणमा परेको नाटक गरेकी चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार उनैकै डेराबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनले सानु दहितको नामबाट सुन्दर केटीको फोटो राखेर फेसबुक आईडी बनाई नवलपरासीका एकजना केटालाई साथी बनाएकी थिइन् । तर आफूले ‘झु’टो कुरा गरेको कारण केटालाई भेट्नु पर्ने बाध्यताले आफूले अप’रणको नाटक गरेको उनले बताएकी छन् ।

उनले ती युवकसँग आफू २२ वर्षीया युवती भएको, आफ्नै व्यापार भएको, नेपालगञ्ज र पोखरामा घर भएको भनी ढाटेर कुरा गरेकी थिइन् ।

गत २६ गते आफ्नै गाडीमा नेपालगञ्जबाट पोखरा जान लागेको र बाटोमा भेटेर सँगै पोखरा जाने बताएकी उनले चन्द्रौटामा आफू गाडीसहित अप’हरणमा परेको खबर गरेकी थिइन् ।

अनुसन्धानका क्रममा सबै झु’टो भएको खुलेपछि प्रहरीले उनलाई निय’न्त्रणलाई लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाले फेसबुकमा साथी बनाई रो’मान्स गर्नका लागि नाटक गरेको बताएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *