बुधबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित, देशभर कुन जिल्लामा कति ? (विवरणसहित)

भदौ ३१, काठमाडौं । बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

२४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।

यस्तै उपत्यकामा एकै दिन थप ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा एकै दिन थपिएकाे याे संख्या अहिलेसम्मकै उच्च हाे। मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण देखिएको हो। त्यसमध्ये काठमाडौंका ६५२, ललितपुरका ६० जना र भक्तपुरका २५ जना छन्।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ ।

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् ।

आज १०,४९४ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए । यसैबीच बितेको कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *