आन्दोलन गर्ने चे’तावनी दिने वायुसेवा सञ्चालक संघ किन विमान नचलाउने निर्णयमा पुग्यो ? भ

भदौ ३१, काठमाडौं । तत्काल आन्तरिक उडान खुला गर्नुपर्ने दवाव दिँदै आएको वायुसेवा सञ्चालक संघले सरकारले निर्णय गरेपछि भने उडान सुचारु नगर्ने निर्णय लिएको छ ।

संघले लामो समय उडान बन्द हुँदा व्यवसाय नै ध’रापमा परेको भन्दै उडान खुला नगरे आन्दोलन गर्नेसम्मको चे’तावनी दिएको थियो । मागअनुसार नै सरकारले असोज १ गतेदेखि आन्तरिक उडान खुला गराएपनि यु–टर्न हुँदै वायुसेवा संचालक संघले उडान नै सञ्चालन नगर्ने निर्णय गरेको हो ।

संघले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिवलाई एक पत्र लेख्दै संघले ५० प्रतिशत मात्र यात्रु लिएर उडान सञ्चालन गर्न सम्भवन नरहेको भन्दै यही अवस्थामा उडान सञ्चालन गर्न नसकिने जानकारी गराएको छ ।

पत्रमा भारतसहित अन्य मुलुकमा पनि ५० प्रतिशतमात्र यात्रु बोक्नु पर्ने भन्ने व्यवस्था नरहेको तथा ५० प्रतिशत यात्रु बोक्दा टिकटको मूल्य दोब्बर पर्ने भएकाले यात्रुको लागि त्यो प्रियकर नहुने भएकाले उडान अहिले खोल्नुका अर्थ नरहेको उल्लेख गरिएको छ ।

यो व्यवस्थाले हवाइ उद्योग थप धराशयी हुने भएकाले खारेज गरेर पूर्ण क्षमतामा यात्रु बोक्ने व्यवस्था मिलाउन सरकारसँग संघले आग्रह गरेको छ ।

सरकारको निर्णयपछि ‘ब्याक’ भए निजी वायुसेवा सञ्चालक, उडान सञ्चालन नगर्ने

सरकारले असोज १ गतेदेखि आन्तरिक उडान खोल्ने निर्णय गरेपनि निजी वायुसेवा सञ्चालक संघले तत्काल उडान सञ्चालन नगर्ने बताएको छ ।

संघले नागरिक उड्ययन प्राधिकरणबाट भएको निर्देशन पालना गरी नियमित उडान सञ्चालन गर्न तयार रहेतापनि ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न सम्भव नरहेको बताएको छ ।

संघको प्रथम उपाध्यक्ष अनाज रिमालले एक विज्ञप्तिमार्फत उडान सञ्चालन गर्न नसक्नुमा विभिन्न कारण देखाएका छन् ।

जसमा भारतलगायत अन्य मुलुकमा आन्तरिक उडानमा सामाजिक दुरी कायम गरी ५० प्रतिशत मात्र यात्रु बोक्ने व्यवस्था नरहेको तथा ५० प्रतिशत यात्रु बोक्दा टिकटको दर पनि दोब्बर पर्ने भएकाले यात्रुले अफोर्ड गर्न नसक्ने उनको भनाइ छ ।

यही अवस्थामा उडान सञ्चलन गर्दा हवाइ उद्योग नै धरासयी बन्ने भएकाले पूर्ण क्षमतामा यात्रु बोक्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ ।

यसअघि हवाइ सञ्चालकहरुले आन्तरिक उडान खोल्न माग गरेबमोजिम सरकारले निर्णय गरेपनि अहिले उडान सञ्चालन नगर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *