यी ३ जिल्लामा हुन्छ भारी वर्षा

असोज १, काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले मुलुकभरका सबै प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

नेपाल बाढी सूचना केन्द्रका अनुसार बाँके, बर्दिया र कैलाली तथा आसपासका जिल्लामा भने भारी वर्षा भएको छ ।

केन्द्रले जारी गरेको सूचनामा त्यस क्षेत्र आसपासका तटीय क्षेत्रका बासिन्दालाई कम्तिमा ९ बजेसम्म सतर्क रहन आग्रह गरिएको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि केही स्थानहरूमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । राति प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम शुक्रबारसम्म नै कायम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

देशभर मौसम बदली, दिनभर कस्तो रहन्छ?

देशभरको मौसम बिहीबार सामान्यता बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ।

अहिले देशभर सामान्य बदली रही हरेक प्रदेशका थोरै–थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका विभिन्न स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *