आज कहाँ कहाँ हुन्छ अति भारी वर्षा ? हेर्नुस

असोज ३, काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले गण्डकी र प्रदेश ५ का अधिकाश स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रही गण्डकी र प्रदेश ५ मा मध्यम स्तरको वर्षा भइरहेको छ । अरू प्रदेशका पनि केही स्थानमा सामान्य वर्षा भएको छ ।

लमजुङमा भने ५ घण्टादेखि भारी वर्षा भएकाले सतर्क रहन आह्वान गरिएको छ । नेपाल बाढी सूचना केन्द्रले बिहान ६ बजे जारी गरेको सूचनाअनुसार लमजुङको बेसिशहर, खुदीबजार लगायतका स्थानमा निकै ठूलो वर्षा भएकाले ती क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आह्वान गरेको छ ।

आज दिउँसो केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *