असोज ३ देखि ९ गते सम्म तपाईको साप्ताहिक राशिफल कस्तो छ ? हेर्नुस

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

ठीक समयमा सही निर्णय लिन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मंगल कार्यको योगछ र सन्तान सुखपनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग ध्वाँसे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । मनोरञ्जनमा सहभागी भइएला । साताको उत्तरार्ध बाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क ६,७ र शुभरङ्ग कलेजी वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो हप्ता रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धार्मिक यात्राको योगछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता रमाइलो यात्राको योग रहेको छ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साता आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आज आर्थिक कारोवारमा मन्दी आउनेछ । मंगलवार बाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग । निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता छोटो दुरीको लाभदायक यात्रा रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलतापनि मिल्ला । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

रमाइलो यात्राको योग रहेको छ । काम गर्ने उत्साह र हौसला मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग वैजनी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो हप्ता आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक र धार्मिक क्षेत्रमा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योगपनि छ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग घ्यूङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता अनावश्यक झमेलामा परिएला । बन्न लागेको काम विग्रीएला । नाक तथा घाँटीमा समस्या आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । मध्य साताबाट सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग पहेँलो वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वाहन सुखपनि मिल्नसक्छ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो सातामा नजिकको व्यक्तिबाट धोका पाईन सक्छ र मन खिन्न हुने स्थिति आउनसक्छ । वैदेशिक क्षेत्रपनि कमजोर नै रहला । बुधवारबाट विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ यो साताका लागि शुभअङ्क ३,४ र शुभ रङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )

Leave a Reply

Your email address will not be published. Required fields are marked *