हावाहुरीसहित भारी वर्षा हुने, देशभर बाढीको खतरा, हेर्नुस कहाँ के हुन्छ ?

काठमाडौं, असोज ६
आज मंगलबार दिउँसो तथा राति देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाका साथै हावाहुरीसमेत आउने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौमस पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १ र २ का केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना छ।

यसैगरी राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, २ र बागमती प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा वर्षाका साथ हावाहुरीसमेत चल्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

देशभर बाढीकाे खतरा

वर्षा बढेसँगै देशभर बाढीको जोखिम पनि बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान विज्ञप्ति जारी गर्दै आज (मंगलबार) रातिदेखि देशका सबै नदीमा बाढी आउने सम्भावना रहेको जानकारी दिएको हो। यसर्थ नदी छेउछाउका बासिन्दाले असोज ११ गतेसम्म उच्च सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाले जनाएकाे छ।

‘असोज ६ गते (आज) रातिबाट देशका सबै नदीमा बहाव बढ्ने र असोज ७ ,८ ,९ र १० गते देशैभरका नदीमा बहाज उच्च हुने ९सतर्कता तलै हुने भए पनि सामान्य अवस्थाबाट एक्कासि बढ्ने० पूर्वानुमान रहेकाले असोज ११ गतेसम्म नदी तटीय क्षेत्रमा क्रियाकलाप नगर्न गर्नुपरेमा अति उच्च सतर्कता अपनाउन हुन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

देशभरको मौसम कहाँ कस्तो रहन्छ, भारी वर्षाको सम्भावना कता?

देशभरको मौसम मंगलबार सामान्यतया बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर नै सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन्।

प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।

राति पनि देशभरको मौसम सामान्यतया बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

अहिले उत्तरपूर्वको बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ भने पश्चिम–उत्तरपश्चिममा सरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *