लगातार पेट बढिरहेको छ ? अपनाउनुस् यी सजिला तरिका, हेर्नुस

शरीर पातलो छ तर पेट भने लगातार फुल्ने समस्या लगभग १० देखि ८ मानिसहरुले भोगिरहेका हुन्छन् । पेट बढ्दा आफूलाई मन पर्ने कपडा लगाउन नपाउने तथा आफैलाई असहज महसुस हुने गर्छ ।

तर, पेट बढ्ने समस्याको समाधानका लागि घरमा नै केही उपायहरु अपानाउन सकिन्छ ।

दैनिक ३.५ लिटर पानी पिउनुस्

पेट बढेपछि कतिपय मानिसहरु पानी पिउन छोड्छन् । तर, पानीले पेट कहिल्यै बढ्दैन । पानीको कमि भएमा शरीरमा डिहाइड्रेशनको समस्या पैदा हुन्छ । त्यसैले दैनिक ३ देखि ४ लिटर पानी पिउनुस् । जसले डिहाड्रेट हुनबाट बचाउँछ र पेट बढ्न कम हुन थाल्छ ।

बिरे नुनले नुहाउनुस्

यदि तपाईंको पेट बढ्ने समस्या कम भएन भने बिरे नुन पानीले हालेर नुहाउने गर्नुस् । यसमा भएको म्याग्नेशियमले शरीरमा भएको अतिरिक्त पानीले सोस्ने काम गर्छ र तपाईंको पेट घट्दै जान्छ । तर, यो प्रक्रिया हप्तामा एक पटक मात्रै गर्ने गर्नुपर्छ । यसका लागि पानीमा दुई कप बीरे नुन मिसाउनुपर्छ ।

केरा

केरामा पोटाशियमको मात्रा भरिपूर्ण हुन्छ । यसले फुलेको पेटलाई पुनः घटाउन मद्दत गर्छ । पोटाशियमले खानामा भएको सोडियमको प्रभावलाई कम गराइदिन्छ । त्यसैले केरा खाने गर्नुपर्छ ।

यी तरकारी नखाने

यदि तपाईं पेटको समस्याले चिन्तित हुनुहुन्छ भने केही समयका लागि प्याज, ब्रोकाउली, गोभी, पत्ता गोभी जस्ता तरकारीहरु खान बन्द गर्नुपर्छ । किनकी तरकारीहरुले तपाईंको शरीरका अंगहरु बढाउने काम गर्छ ।

यी तरकारीहरुमा पोषक तत्व भरपुर मात्रामा हुन्छ । तर यसको धेरै सेवनले पेट अत्याधिक बढ्ने गर्छ ।

चुइगम

चुइगम वा अन्य कुनै पनि प्रकारका गमको सेवनले पेट बढाउने समस्या पैदा गर्छ । चुइगममा चिनी, अल्कोहल र कृत्रिम मिठास जस्ता सोर्बिटोल र जाइलिटोल हुन्छ । जसले पेट धेरै फुलाउने गर्छ । त्यसैले चुइगम खाइदैँन त्यसलाई चपाएर फाल्ने गरिन्छ ।

रातिको खाना छिटो खानुस्

रातिको खाना छिटो खान गर्नुपर्छ । रातिको खाना छिट्टो खाएमा कहिल्यै पनि पेट बढ्ने समस्या झेल्नुपर्दैन । त्यसैले बिहान र रातिको खानाको बीचको ग्याप १२ घण्टा राख्नुपर्छ । जसले पाचन प्रक्रिया ठीक गराउँछ ।

अदुवा

अदुवाले शरीरलाई निकै फाइदा पुर्याउँछ । कुनै पनि पेट बढ्ने समस्याको समाधानका लागि अदुवा फाइदाजनक हुन्छ ।

बिहानको नास्तामा दही र चिनी, यस्ता छन् ५ फाइदा, पढ्नुस

नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम गर्छ जुन शारीरिक र मानसिक रुपमा फाइदाजनक हुन्छ ।

‘सुपर फुड’

दहीलाई सुपर फुड मानिन्छ । यसमा थुप्रै गुणहरु पाइन्छ । जुन हाम्रो शरीरका लागि फाइदाजनक छ । दहीले पाचन प्रक्रियालाई मजबुत बनाउँछ । हरेक दिन दहीको सेवनले पेटसम्बन्धी समस्याको समाधान गर्छ । यसका साथै दहीमा विभिन्न प्रकारका पोषक तत्व पनि पाइन्छ ।

दहीमा क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम जस्ता महत्वपूर्ण पोषक तत्त्वले भरिपूर्ण हुन्छ । दहीलाई चिनीसँग खाने हो भने यसले शरीरलाई अझ धेरै फाइदा पुर्याउँछ । घरबाट बाहिर निस्किँदा दही र चिनी खाने हो भने यसले शरीरमा ग्लुकोजको मात्रा बढाउँछ र शरीरलाई उर्जा दिन्छ ।

१. गुड ब्याक्टेरिया

दहीमा पाइने गुड ब्याक्टेरियाले पाचनप्रक्रियामा मद्दत गर्छ । यो ब्याक्टेरिया पेटको लागि फाइदाजनक मानिन्छ । दही खाँदा यस्तो ब्याक्टेरिया बढ्छ । जसले इम्युनिटी पावरलाई बढावा दिन्छ । साथै उक्त ब्याक्टेरियाले क्यान्सर जस्ता गम्भीर रोगबाट पनि बचाउँछ ।

२.पेटमा जलन हुँदैन

बिहानको नास्तामा दही–चिनी खाने हो भने दिनभर पेटमा जलन पैदा हुँदैन । यसले पेटमा अम्लियताको मात्रा कम गराइदिन्छ । आयुर्वेदमा चिनीलाई पेटका लागि फाइदाजनक मानिन्छ । यसले पित्त दोष कम हुन्छ । बिहान खाली पेटमा दही खाँदा दिनभर स्फुर्ती रहिरहन्छ ।

३. युटीआई र जलन कम

दही र चिनी खाँदा सिस्टिटिस र युटिआई जस्ता समस्याबाट छुटकारा मिल्छ । मलद्वार र मुत्राशयमा हुने जलन कम गराउँछ । जो व्यक्तिले पानी कम पिउने गर्छन् ति व्यक्तिहरुका लागि दही आवश्यक मानिन्छ ।

दहीमा भिटामिन ए, भिटामिन ई, भिटामिन सी, फोलेट, क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम, भिटामिन पाइरिडोक्सिन, क्यारोटिनाइड जस्ता भिटामिनहरु पाइन्छ जसले पेटलाई तन्दुरुस्त राख्छ ।

४. ग्लुकोज

दहीचिनी खाँदा शरीरमा तुरुन्तै ग्लुकोजको मात्रा पूरा हुन्छ । त्यसैले घरबाट बाहिर निस्किँदा दही र चिनी खुवाउने गरिन्छ । ग्लुकोजले दिमाग र शरीरमा तुरुन्तै उर्जा प्रदान गर्छ ।

५. पचाउँन सहज

दूधभन्दा छिटो दही पच्छ । दहीमा हुने प्रोटीन सजिल्यै पचाउन सकिन्छ । नास्तामा दही वा दहीबाट बनेको खानेकुरा खाँदा दूधभन्दा छिटो पच्ने भएकाले पेटलाई हल्का राख्न मद्दत पुग्छ ।

ध्यान दिनुहोस्ः

दहीचिनी शरीरका लागि फाइदाजनक त छ तर रातमा दहीचिनी खानु भने राम्रो हुँदैन । जो व्यक्तिलाई चिसो लाग्ने तथा खोकी, दमको समस्या छ त्यस्ता व्यक्तिहरुले दहीचिनी खानुहुँदैन । तौल बढी छ, मधुमेहको समस्या छ भने दहीमा चिनी हालेर खानुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *