साउदी अरबले लगायो तीन देशमाथि यात्रा प्रतिबन्ध

असोज ८, काठमाडौँ । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ ।

भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ ।

तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाई भने समावेश गरिएको छैन ।

पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ । साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ ।

साउदी, कतार र कुवेतमा नियमित उडान खुल्ला गर्ने निर्णय

पिसिआरए जाँच सहज रुपमा हुने व्यवस्था नभएका मुलुक भन्दै यसअघि सरकारले नियमित उडान नखोलेका मुलुकहरु साउदी अरेविया, कतार र कवेतबाट नियमित उडान सुरु हुने भएको छ । साउदी अरवको रियाद, कतारको दोहा र कुवेतबाट नियमित उडान सुरु हुने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले ट्वीट गर्दै अक्टोवरको उडान तालिका सार्वजनिक भएको र त्यसमा कतार, साउदी अरव र कुवेत पनि समेटिएको जनाएका छन् ।

नियमित उडान नहुँदा ति मुलुकहरुबाट यस अगाडी चार्टर्ड उडान मात्र हुँदै आएको छ । तर नियमित उडानको भाडादर निक्कै चर्को भएपछि पर्याप्त उडान सञ्चालन गर्नुपर्ने माग विभिन्न देशमा रहेका नेपाली राजदूत लगायतले उठाउँदै आएका छन् ।

नयाँ उडान तालिका अनुसार अव अक्टोवर देखि दैनिक सरदर १५ वटासम्म उडान हुनेछन् । कतारबाट नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सलाई नियमित उडानको अनुमति दिइएको छ भनें साउदी अरवको रियादबाट उडानका लागि हिमालय एयरलाइन्सले अनुमति पाएको छ । कुवेतबाट भनें कुवेतको जजिरा एयरले नियमित उडान गर्नेछ ।

यस अगाडी कुवेतबाट विभिन्न घर फिर्ति केन्द्रमा राखिएकाहरुलाई जजिरा एयर मार्फत नै स्वदेश फर्काइएको थियो भनें नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सले चार्टर्ड फ्लाइट गरेका थिए ।

नेपाल र नेपालीको शिर निहुर्याउने काम गरे कारवाही गर्ने दुताबासको चेतावनी

गन्तव्य मुलुकको संस्कृति तथा नियम कानून विपरित सार्वजनिक ठाउँमा भेला भएर उच्छिृंखल र असामाजिक गतिविधि नगर्न कतार स्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ती प्रकाशित गर्दै विगत केहि सातायता कतारमा रहेका नेपाली समुदायका केहि व्यक्तिले त्यस्तो गरिरहेको पाइएको भन्दै यसमा सजग गराएको हो ।

कतारको प्रमुख आकर्षणको रुपमा रहेका कोर्निस लगायतका सार्वजनिक स्थानमा विशेषगरी सप्ताहन्त (शुक्रवार) भेला भई अमर्यादित, उच्छिृंखल र असामाजिक रुपले प्रस्तुत हुने र झैझगडा गर्ने काम नगर्न दूतावासले सचेत गराएको हो ।

यस्तो गतिविधिमा संलग्न हुने व्यक्ति स्वयंले कानून बमोजिम कारवाहीको भागिदार हुनुपर्ने भन्दै दूतावासले यस्ता घटनाले नेपाली समाज र नेपालकै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्याउने ठहर गरेको छ ।

आगामी दिनमा त्यस्ता कृयाकलापहरु जारी रहेको पाइएमा कतारको स्थानिय प्रशासनलाई त्यस्ता क्षेत्रको निगरानी गर्न लगाई संलग्न व्यक्तिहरुलाई स्थानीय कानून बमोजिम कारवाहीका लागि अनुरोध गर्न बाध्य हुने राजदूतावासले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *