आजको मौसम: आज पनि अति भारी वर्षा, कहाँ-कहाँ हुन्छ ? हेर्नुस

असोज ८, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज पनि अति वर्षा वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै गरेको जनाएको छ ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।

यस्तै, देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।

नेपालबाट मनसुन कहिले बाहिरिन्छ ? हेर्नुस

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताईन । मनसुन बाहिरिने औसत समय बुधबार अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ । ‘शनिबारसम्म घाम लाग्ने सम्भावना कमै रहेको छ,’ मौसमविद् कँडेलले भने । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पनिछल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाका ४५.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ४८.०, धनगढीमा १०.०, दिपायलमा २६.७ सिमरामा ३०.५ र धनकुटामा ४०.० मिलिमिटर वर्षा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *