त्यसदिन घर नफर्किएकी सम्झना कामी

खिलानाथ ढकाल/सेतोपाटी

काठमाडौं, असोज ९, बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामी बुधबार साँझ साढे ५ बजे घरबाट गाई-गोरु गोठभित्र बाँध्न निस्केकी थिइन्।

घरदेखि आधी घन्टा टाढा गोठ छ। त्यसको बीचमा लाछीगाड खोला। खोलापारिपट्टी जंगल छिचोलेर गोठमा पुग्नुपर्थ्यो। बिहान गाई-गोरुलाई बाहिर पगा लगाइने र साँझ गोठभित्र बाँध्ने गरिन्थ्यो।

बिहान गाई-गोरु बाहिर ल्याउने र साँझ भित्र बाँध्ने जिम्मा सम्झनाकै काँधमा थियो। उनी गोठमा गएको एक घन्टाभित्र घर आइपुग्थिन्।

बुधबार साँझ भने उनी दुई घन्टासम्म पनि फर्किनन्। नातिनी घर नफर्केपछि हजुरबुवा गोरख खोजीमा निस्के। जताततै खोजी गर्दा पनि फेला पार्न सकेनन्।

त्यसपछि उनले गाउँलेलाई गुहारे। गाउँलेहरू मिलेर सम्भावित ठाउँमा हेर्दा पनि सम्झना कतै भेटिइन्। त्यसपछि गोठ नपुग्दैको सिमदेवता मन्दिर गए। त्यहाँ सम्झनाको ला’स थियो।

नि’र्वस्त्र सम्झनाको श’रीरभ’रि नि’लडा’म र टा’उकोमा चो’ट थियो। उनलाई पहिले ब’ला’त्का’र गरी ह’त्या गरेको प्रारम्भिक अ’नुसन्धा’नमा खुलेको छ।

बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार सम्झनाको श’व पो’स्टमा’र्टमका लागि जिल्ला अस्पताल लगिएको छ। विस्तृतमा रिपोर्ट आइसकेको छैन। प्रारम्भिक रिपोर्टमा ब’ला’त्का’र खुलेको छ।

उनको ह’त्यामा सं’लग्न भएको आ’शंकामा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई प’क्राउ गरेको छ। उनले प्रारम्भिक अ’नुसन्धा’नमा घट’नामा सं’लग्नता इ’न्कार गरेका छन्।

सम्झनाको कानमा पाँच आनाका सुनका मु’न्द्री थिए। श’व भेटिँदा ती मुन्द्री कानमा थिएनन्। प्रहरीका अनुसार गाई-गोरु थन्क्याउन जाने बाटोमा राजेन्द्रले सम्झनालाई कहिलेकाहीँ पछ्या’उँदा रहेछन्।

राजेन्द्र र सम्झनाको घर दस मिनेट टाढा हो। बेला-बेलामा राजेन्द्रले सम्झनासँग कानका मुन्द्री मागिरहेको कुरा सम्झनाले हजुरबुवा गोरखलाई भन्ने गरेकी थिइन्।

‘केही हुँदैन, गाउँकै मान्छे हो, हामी छौं नि किन ड’राउँछौ भनेर हजुरबुवाले ढा’डस दिने गरेका रहेछन्,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले भने।

एक साताअघि सम्झनाले हजुरबुवासँग राजेन्द्रले पछ्याउने गरेको भन्दै त्यो घ’टनाले आफू भ’यभी’त भइरहेको सं’केत दिएकी थिइन्। तर, परिवारले सामान्य ठा’न्दा अ’प्रिय घ’टना हुन पुग्यो।

शं’काको एकै व्यक्ति उनै राजेन्द्र छन्। खड्काका अनुसार त्यसदिन राजेन्द्र सम्झनालाई पछ्याउँदै गएको हुनसक्ने शं’का गरिएको छ। र, उनले जंगल पुगेपछि सम्झनालाई मन्दिर पुर्‍याएर ब’ला’त्का’रपछि ह’त्या गरी मुन्द्री लगेको आ’शंका छ।

तर, राजेन्द्रलाई प’क्रँदा मुन्द्री फेला परेनन्। घटनामा राजेन्द्रबाहेक अन्य व्यक्ति थिएनन् भन्ने प्रहरीको बुझाइ छ। सम्झना घरकी जेठी छोरी थिइन्। हजुरबुवा गोरख, हजुरआमा हाँसुदेवी कामीसाथ उनी बस्थिन्।

उनका बाबुआमा घरमा छैनन्। हजुरबुवा हजुरआमासाथ बसिरहेकी उनी कक्षा ६ मा पढ्थिन्। उनका माइली, साइली बहिनी र फूपू लक्ष्मी कामी घरमा छन्। बुवा बिजुली र आमा धउली कामी रोजगारीका लागि भारत कर्नाटकमा छन्। उनीहरूसाथ एक छोरा र दुई छोरी उतै छन्।

विपन्न परिवार भएकाले बुवाआमा नै रोजगारीमा गएको सम्झनाका कान्छा काका ईश्वरले बताए। ‘घरपरिवार पाल्नका लागि दाजू-भाउजू भारत छन्, मैले घटना सुनाएपछि फर्किंदैछन्,’ ईश्वरले भने, ‘ राजेन्द्रले कहिलेकाहीँ पछ्याउँदा रहेछन्, मुन्द्री माग्दा रहेछन्। त्यसदिन त ब’ला’त्का’र गरी ह’त्या नै गरेछन्।’

उनीहरूको जग्गा-जमिन खासै छैन। पेशा केही पनि छैन। सम्झना हँसिलो चेहराकी थिइन्। बोलाइली थिइन्। सबैसँग मिलनसार थिइन्। अह्राएको काम खुरुखुरी गर्थिन्। काममा सघाउने भएकाले हजुरबुवा-हजुरआमा उनैलाई बिहान गाई-गोरु पगा लगाउन र साँझमा गोठमा लगेर बाँध्न पठाउँथे।

बिहान गएर खोलेफाडो गर्थिन्, पानी खुवाउँथिन् र घाँस भएतिर पगा लगाउँथिन्। साँझ फेरि पानी र खोलेफाडो गरी फर्किन्थिन्। सम्झना ब’ला’त्कृ’त भएपछि हजुरबुवा गोरखको हो’स-ह’वास उडेको छ।

श’व भेटिएको बेला उनी बे’होस भए। श’व कसले उठायो, कता लग्यो केही थाहा पाएनन्। शुक्रबार ब’ल्ल स’म्हा’लिएर उनी जा’हेरी लेखाउन वकि’लकहाँ पुगेका छन्।

‘हामी आफन्तसहित जा’हेरी लेखाउन वकिलकोमा आएका छौं, आज जा’हेरी दिन्छौं,’ काका ईश्वरले भने। -सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *