कतारमा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी सूचना

असोज, काठमाडौं । गन्तव्य मुलुकको संस्कृति तथा नियम कानून विपरित सार्वजनिक ठाउँमा भेला भएर उच्छिृंखल र असामाजिक गतिविधि नगर्न कतार स्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ती प्रकाशित गर्दै विगत केहि सातायता कतारमा रहेका नेपाली समुदायका केहि व्यक्तिले त्यस्तो गरिरहेको पाइएको भन्दै यसमा सजग गराएको हो ।

कतारको प्रमुख आकर्षणको रुपमा रहेका कोर्निस लगायतका सार्वजनिक स्थानमा विशेषगरी सप्ताहन्त (शुक्रवार) भेला भई अमर्यादित, उच्छिृंखल र असामाजिक रुपले प्रस्तुत हुने र झैझगडा गर्ने काम नगर्न दूतावासले सचेत गराएको हो ।

यस्तो गतिविधिमा संलग्न हुने व्यक्ति स्वयंले कानून बमोजिम कारवाहीको भागिदार हुनुपर्ने भन्दै दूतावासले यस्ता घटनाले नेपाली समाज र नेपालकै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्याउने ठहर गरेको छ ।

आगामी दिनमा त्यस्ता कृयाकलापहरु जारी रहेको पाइएमा कतारको स्थानिय प्रशासनलाई त्यस्ता क्षेत्रको निगरानी गर्न लगाई संलग्न व्यक्तिहरुलाई स्थानीय कानून बमोजिम कारवाहीका लागि अनुरोध गर्न बाध्य हुने राजदूतावासले चेतावनी दिएको छ ।

बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध

बहराइनमा कोरोना महामारीका कारण अलपत्र परेका महिला श्रमिकको उद्धार गरी पठाइने भएको छ ।

लामो समयदेखि अलपत्र परेका, हिंसाको उच्च जोखिममा रहेका र स्वास्थ्य समस्या रहेका नेपाली महिलालाई दूतावासले प्राथमिकिकरण गरी स्वदेश पठाउने भएकाले दूतावासमा सम्पर्क गर्न भनेको हो ।

यसरी प्राथमिकिकरण गरेर पठाउने क्रममा छुटेका महिलाको नाम थर, पासपोर्ट नम्बरसहित परेको समस्या खुलाएर दूतावासमा भोलि असोज १० गतेभित्र दूतावासमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।

यसरी अलपत्र परेका महिला श्रमिक बहराइनमा क्रियाशिल कुनै संघसंस्थाको सम्पर्कमा भएमा पनि दूतावासमा सम्पर्कमा ल्याइदिन भनिएको छ ।

कोरोना महामारीपछि अहिलेसम्म बहराइनबाट १२ सय ७५ जना स्वदेश फर्किएका छन् । विभिन्न समयमा अलपत्र नेपाली श्रमिकको उद्धारका लागि बहराइनबाट चार्टर्ड उडान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *