तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक, ९ फाइदाहरु हेर्नुस

आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ । यसका फाइदा यस्ता छन् :

तौल घटाउन

तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।

बुढ्यौलीको लक्षण रोक्न

तामामा एन्टीअक्सिडेन्ट हुन्छ जसले कोषिकाको झिल्लीलाई सुरक्षित राख्छ । यसले उमेर बढ्ने गतिलाई ढिलो बनाउँछ । तामाको भाँडोमा पानी पिउँदा अनुहारमा मुजा पर्ने समस्या आउँदैन । अनि अनुहारमा भएका मृत छाला पनि भाग्छन् ।

घाउ भर्न

तामामा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण भरपूर हुन्छ । यसले घाउ छिट्टो भरिन्छ । तामाले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ अनि पेटमा हुने अनेकौं आन्तरिक संक्रमणको उपचार गर्छ ।

क्यान्सर कम

शरीरमा भएका कणले क्यान्सर कोशिकालाई विकसित गर्छन् । तामामा भएको शक्तिशाली एन्टीअक्सिडेन्ट गुणले यी कणहरूलाई समाप्त पारिदिन्छन् र शरीरमा तिनको नकारात्मक प्रभावलाई कम गरिदिन्छन् । दिनदिनै तामाको भाँडोमा पानी पिउनुस् ।

मेलेनिन वृद्धि

तामाले मेलेनिनको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मेलेनिनले नै आँखा, छाला र कपालको रंग दिने हो । शरीरलाई सूर्यको कडा किरणबाट बचाउन र घाउ निको पार्न मेलेनिन आवश्यक हुन्छ ।

रक्ताल्पता

शरीरमा रगतको कमी हुँदा थकान, मांसपेशीमा पीडा, कमजोरी र पाचन समस्या जस्ता लक्षण देखापर्छन् । तामाको भाँडोमा पानी पिउँदा फाइदा हुन्छ । तामाले शरीरमा कोषिका निर्माण गर्छ र रगतको कमी पूरा गर्छ ।

मिर्गौला र कलेजो

शरीरको आन्तरिक सफाइका लागि तामाको पानीले सहायता गर्छ । यसले मिर्गौला र कलेजोलाई स्वस्थ राख्छ । तिनीहरूलाई संक्रमणबाट बचाउनका लागि तामाको पानी लाभदायक हुन्छ ।

थाइरोइड ग्रन्थि

तामामा खनिज पदार्थ भरपूर हुन्छ । यसले थाइरोइड भगाउँछ । थाइरोइड ग्रन्थिलाई सही कार्यान्वयन गराउन तामाले मद्दत गर्छ ।

स्मरणशक्ति बलियो

तामाले दिमागलाई उत्तेजित गरेर त्यसलाई सक्रिय बनाउन मद्दत गर्छ । दिनदिनै तामाको भाँडोमा पानी राखेर पिउँदा स्मरणशक्ति बलियो हुन्छ र दिमाग स्वस्थ रहन्छ ।

भान्सामै हुने यी ५ चीज, जसले सजिलै हटाउँछ मोटोपन

मोटोपनका कारण तपाईं चिन्तित हुनुहुन्छ ? ध्यान दिनुहोस्, घरभित्रै यसको औषधी पाइन्छ । मोटोपनलाई कम गर्नका लागि भान्सामा दैनिक प्रयोगमा आउने वस्तुहरू नै लाभदायक हुन्छन् ।

दालचिनी :आयुर्वेदमा दालचिनीको प्रयोग कीटाणुनाशक, दुखाइको कम गर्न प्रयोग गरिन्छ । दालचिनी वजन कम गर्नको लागि पनि उत्तिकै महत्वपूर्ण छ । यसमा भएको तत्वले मेटाबोलिज्मलाई बढाउँछ भने ब्लड शुगर, कोलेस्ट्रोलको मात्रा घटाउन पनि सहयोग गर्छ । बिहान उठेपछि सबैभन्दा पहिले दालचिनी राखिएको पानी पिएमा यसले भोक कम गर्छ भने कोलेस्ट्रोलको मात्रा समेत कम गर्दछ ।

कालो मरिच–आयुर्वेदका अनुसार कालो मरिचले तौल कम गर्न निकै प्रभावकारी हुन्छ । यसले शरीरको ब्लोकेज घटाउँछ भने सर्कुलेशनलाई सुचारु राख्न मदत गर्छ । यसले मेटाबोलिज्मको मात्रा बढाउन सहयोग गर्छ ।

अदुवा–आयुर्वेदका अनुसार अदुवाले मेटाबोलिज्मको मात्रा २० प्रतिशत बढाउँछ । यसले पेटलाई स्वस्थ समेत राख्दछ । यसले मोटोपनसमेत घटाउन मदत गर्छ । यसले शरीरको टोक्सिनलाई बाहिर निकाल्छ । यसमा ज्वलन कम गर्ने एन्टी ब्याक्टेरियल तत्व हुन्छ । अदुवाको निरन्तर सेवनले तौल घट्नुका साथै स्वास्थ्य तन्दुरुस्त हुन्छ ।

कागती–खानामा राखेर वा सलादको रूपमा सेवन गरेमा कागतीले तौल घटाउन सहयोग गर्छ । कागतीमा हुने भिटामिन सी र फाइबरले स्वास्थ्यलाई समेत फाइदा हुन्छ ।

मह –विस्तारामा जानुभन्दा केही समय अगाडि महको सेवनले क्यालोरी कम गराउँछ । यसमा हुने हार्मोनले भोक कम लगाउँछ भने तौल कम गर्न पनि सहयोग गर्छ । यसले शरीरको मोटोपन घटाउन पनि सहयोग गर्छ ।

शरीर स्वस्थ राख्न छुटाउनै हुँदैन यी फलफूल

शरीरलाई स्वस्थ एवम् तन्दुरुस्त राख्नका निम्ति खानपानमा विशेष ध्यान दिनुपर्छ। खानपानमा ध्यान नदिँदा धेरै नै हानी पर्दछ । हामीले दैनिक जीवनमा केकस्ता खानेकुरा सेवन गर्छौं, त्यसमा नै हाम्राे स्वास्ठ्य निर्भर हुन्छ ।

यहाँ स्वस्थ जीवनयापनका लागि आवश्यक पर्ने केही फलफूलबारे चर्चा गरिएको छ ।

ब्रोकाउली
यसमा बीटा क्यारोटीन र आइसोथियोसायनेट नामक पोषक तत्व पाइन्छ । यसकारण ब्रोकाउलीले क्यान्सर रोकथाममा सहयोग गर्दछ । यस्तै यसले एन्टीएजींगको प्रक्रियामा समेत सहयोग गर्दछ । त्यसकारण खानामा ब्रोकाउलीको प्रयोग गर्नु निकै नै लाभदायक हुन्छ ।

कागती

भिटामिन सी युक्त फलफूलले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्छ । विभिन्न एलर्जीबाट बचाउनका लागि पनि भिटामिन सी युक्त फलफूल आवश्यक पर्छ । भिटामिन सी पाइने फलफूलहरुमा सुन्तला, निबुवा, कागती लगायत पर्दछन् । यीनीहरुमा कायोफ्लेवोनाइड र लाइमोनीन समेत पाइन्छ । एन्टीअक्सीडेन्ट्सको उपस्थितीका कारण यी फलफूलहरुले क्यान्सर उत्पन्न गर्ने तत्वसँग लड्ने क्षमता समेत प्रदान गर्छ ।

अनार

एनीमिया अर्थात शरीरमा रगतको कमी कमी हुँदा रगतमा हेमोग्लोबिनको मात्रा बढाउन अनार महत्वपूर्ण हुन्छ । यसको सेवनले छाला समेत स्वस्थ रहन्छ । यसमा पाइने सुक्ष्म पोषक तत्वले शरीरको भित्री अंग समेत बलियो बनाउन सहयोग गर्छ ।

गेडागुडी
बुढ्यौलीपनलाई हटाउनका निम्ति अंकुराएको गेडागुडी खानु लाभदायक हुन्छ । यसको सेवनले रोग प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ । त्यस्तै, धेरै रोगहरुबाट बचाउन यसले सहयोग गर्छ । अंकुराउँदै गरेको गेडागुडीको सेवनले छाला समेत बलियो तथा कसिलो बनाउँछ ।

ग्रीन टी

ग्रीन टीमा एन्टी अक्सीडेन्ट्स तत्व हुन्छ । यसले स्वास्थ्यलाई स्वस्थ रहन मद्दत गर्छ । यसले शरीरको तौल घटाउने, कपाल झर्नबाट रोक्ने जस्ता काम गर्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम गर्न मदत गर्छ । यसको सेवनबाट कोलेस्ट्रोलको समेत सन्तुलन गर्दछ । यसले रक्त चापलाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ ।

जौ
जौमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसकारण मानिसमा कब्जियतको समस्या हटाउनका लागि यो अत्यन्तै लाभदायक हुन्छ । साथै यसले पाचन प्रणाली समेत सक्रिय बनाउँछ । यसमा बीटाग्लूकेन्स हुने हुनाले कोलेस्ट्रोलको मात्रा घटाउनका लागि पनि यो महत्वपूर्ण हुन्छ ।

लसुन
लसुनको सेवनले शरीरमा रोग प्रतिरोधक क्षमता बढ्छ । यस कारण यसले शरीरलाई धेरै रोग लाग्नबाट बचाउँछ । यसको सेवनबाट उच्च रक्तचापको नियन्त्रण गर्न समेत सहयोग मिल्छ । साथै एन्टीएजिंग प्रक्रियामा समेत यो महत्वपूर्ण हुन्छ ।

ओखर तथा बदाम

यसको सेवनले स्थास्थ्य तन्दुरुस्त हुनुका साथै सुन्दरतामा पनि वृद्धि गर्छ । यसमा हुने भिटामिन ई टोकोफेरलको रुपमा पाइन्छ, जुन मुटुका लागि अत्यन्तै लाभकर हुन्छ । यस्तै, बदामको सेवनले पनि मस्तिस्कको क्षमता बढाउन मद्दत गर्छ । आँखाको प्रकाश बढाउनका लागि पनि यो निकै लाभकर हुन्छ । बदाममा भिटामिन बी, भिटामिन ई, पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *