सावधान ! जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति

फ्लाइटमा यात्रा गर्ने समय तपाइको ड्रेसिंग प्राय कन्फरटेवल हुनुपर्छ । नत्र एकै स्थानमा बस्दा-बस्दै ब्लड सर्कुलेशन रोकिने खतरा हुने र बिभिन्न समस्या झेल्नुपर्ने हुनसक्छ । ड्रेस मात्र नभई फुटवेयर र परफ्यूम हाल्ने कुरामा पनि सचेत हुनु जरुरी छ । सासले आज तपाई बिसेषगरि महिलाहरुलाई फाइदा पुग्ने कुराको जानकारी दिन गईरहेका छौं ।

१. तपाईलाई थाहा छ नेपालमा खुला पहिरन त्यति पच्ने ठाउँ हैन त्यसैले कपडा लगाउँदा छोटा नलगाएकै राम्रो ।

२. प्लेनमा टाइट कपडा नलगाउनु होला किनकि फ्लाइटमा सीट बेल्ट लगाएर घन्टौंसम्म एकै स्थानमा बस्नु पर्ने हुँदा यस्तो अवस्थामा तपाइको रक्तसंचारमा निकै समस्या आउन सक्छ । यसकै कारण तपाईलाई पछीसम्म सारीरिक समस्या झेल्नुपर्ने हुनसक्छ ।

३. प्लेनमा जाँदा धेरै सेन्ट (परफ्युम) नहाल्नुस् । यसको कारण तपाइँ नजिकै बस्नेको स्वासप्रस्वासमा समस्या आउन सक्छ । तपाइँ आफैलाई पनि यसले समस्या नपार्ला भन्न सकिन्न ।

४. प्लेनमा हाई-हिल्स नलगाउनुस । यसले खुट्टा दुख्ने समस्या आउन सक्छ । त्यसमाथि पनि टर्मिनलमा बढी हिड्नुपर्ने भयो भने झनै समस्या हुन्छ ।

५. बाक्लो ज्याकेट नलगाउनु राम्रो हुन्छ । किनकी प्लेनमा तापक्रम परिवर्तन भईरहन सक्छ । बोक्न सहज हुन्छ भने बरु ज्याकेट बोक्दा हुन्छ तर आवश्यक परेको बेलामा मात्र लगाउन सक्नुहुन्छ ।

६. फ्लाइटको समयमा सकेसम्म हावा आउ-जाउ हुने कपडा नै राम्रो हुन्छ । साथै कपडाले सरिरबाट निस्कने म्वैस्चर सोस्ने खालको हुनु राम्रो हुन्छ । कटन, सिल्क वा लिनेन फेब्रिक कपडा लगाउनु राम्रो हुन्छ ।

७. खुट्टामा मोजा वा स्कटिंग नलगाउनु राम्रो हुन्छ । बिशेष गरि प्रेग्नेन्ट महिलाहरुले यो कुरा ख्याल गर्नुपर्छ । यसको कारण ब्लड सर्कुलेशन अझै रोकिन सक्छ ।

८. प्लेनमा पाईजामा नलगाउनुस, यो जति लगाउन सहज भएपनि यो घरकै लागि हो । यदी रातको समयको फ्लाईट छ र फ्लाइटमै सुत्नुपर्ने छ भने मात्र पाईजामा लगाऊनुस तर घुम्दा नलगाएकै राम्रो ।

९. केहि मानिसहरु प्लेनमा मोजा फुकालेर बस्छन तर तपाइको मोजा गनाउने छ भने भुलेर पनि त्यसो नगर्नुस । यसको कारण तपाइलाई अरुले घृणा गर्छन ।

१०. प्लेन भित्र हावा ड्राई हुन्छ । ह्युमिडीटी पनि १०-२० प्रतिशत बढी हुन्छ । यसैले चस्मा लगाउनु राम्रो हुन्छ ।

राती ढिला खाना खाँदा स्वास्थ्यमा कस्तो असर गर्छ ? जान्नुहोस

स्वास्थ्यका हिसाबले राती खाना खानु त्यती अनुकुल मानिदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । हामी जब राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । अपच हुने त छँदैछ, शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा हुन्छ । वोसो लाग्ने, मोटोपन बढ्ने जस्ता समस्या यहीबाट सुरु हुन्छ ।

यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ ।जबकी रातको खाना चाडै र हल्का खाएमा अनावश्यक तौल बढ्दैन । वा तौल नियन्त्रण हुन्छ । गहिरो निद्रा लाग्छ । बिहान उठ्दा शरीर हल्का महसुष हुन्छ ।
यसले मुटुमा पनि सकारात्मक प्रभाव पार्छ । पेट भारी हुँदैन । फ्याट र कोलोस्टोरको समस्या कम हुन्छ । पेट सम्बन्धीका समस्याहरु हट्छ ।
हामीलाई हेक्का हुँदैन कि खाना खाएको कति समयपछि सुत्ने ? हामीलाई त निद्रा लाग्नसाथ सुत्न जान्छौं । राती अबेर भरपेट खाना खाएपछि झ्याप्प निद्रा लाग्छ ।

यही मौकामा हामी ओछ्यानमा पल्टन्छौं । अब सोच्नुहोस् त भर्खरै खाएको खानेकुरा पेटमा कति बोझिलो भयो होला ? शरीर निस्त्रिय भएपछि ति खानेकुरा कसरी पच्छ होला ?

राती भरपेट खाने, खानसाथ ओछ्यानमा पल्टने बानीले हाम्रो पाचन यन्त्रलाई खराब बनाउँछ । जब पाचन यन्त्र खराब हुन्छ, स्वास्थ्यमा अरु किसिमको समस्या देखापर्न थाल्छ ।

खाना खाएको कम्तिमा दुई घण्टापछि मात्र सुत्नुपर्छ । दुई वा तीन घण्टाको ग्याप हुनुपर्छ खानपान र सुताईको । खाना खाएर केही क्षण टहलिने, बस्ने ।
त्यसपछि मात्र सुत्न जाने । यो पनि सुपाच्य भोजन गरेको अवस्थामा । भरपेट खाइसकेपछि त पचाउन गाह्रो हुन्छ ।

उचित खानपान तालिका अनुसार राती अबेर खाना खानु उपयुक्त हुँदैन । जतिसक्दो चाडो खाना खानुपर्छ । के भनाई छ भने, सूर्योअस्त पछिको खानेकुरा विष समान हुन्छ । अर्थात सूर्योअस्तपछि हामी जुन खानेकुरा सेवन गर्छौं, त्यो शरीरका लागि आवश्यक हुँदैन ।

बिहान भरपेट खाना खानुपर्छ । त्यही खानाले हामीलाई दिनभरको लागि उर्जा दिन्छ । त्यसपछि क्रमस खानेकुराको मात्रा घटाउनुपर्छ । रातीको खाना सकेसम्म हल्का वा सजिलै पच्ने किसिमको हुनुपर्छ ।

शरीरमा अनावश्यक खानेकुरा पुग्छ । अनावश्यक खानेकुरा पुग्नु भनेको शरीरलाई डस्बिन जस्तै बनाउनु हो । जब हामी आफ्नो पेटलाई डस्बिन बनाउँछौं भने शरीर कसरी निरोगी हुन्छ ।

त्यसैले संभव भएसम्म चाडै खाना खानुपर्छ । साँझ सूर्योअस्तअघि नै खाना खानु उत्तम । कतिपय अवस्थामा चाहि यस्तो तालिका मिलाउन संभव हुँदैन ।

यसको अर्थ बिहानको खाना जति सेवन गरिन्छ, त्यसपछि खानाको मात्रा कम गर्दै जानुपर्छ । सकेसम्म रातको खाना कम खाएकै वेश हुन्छ ।

औषधी सेवन गरिरहेको अवस्थामा, रोग लागेको अवस्थामा, कामको चाप भएको अवस्थामा, रात्रीकालिन काम गर्नुपर्ने अवस्थामा । यद्यपी राती सुत्नुभन्दा दुई वा तीन घण्टा अघि खाना खानु उत्तम हो ।

महिलाको नाइटोले खोल्छ उनीहरुको यस्तो रहस्य

हिन्दु धर्म र परम्परा अनुसार महिलाहरुको नाइटोले बिशेष अर्थ राख्छ | धर्म शास्त्र अनुसार महिलाहरुको ब्यबहारबाट पनि थाहा नपाएको कुरा महिलाको नाभीले बताउ छ | त्यस्तै महिलाको नाइटोले कसरि बताउ छ त महिलाहरुको स्वभाव धेरैलाई जिज्ञासा हुन सक्छ |

यसरी थाहा पाउन सकिन्छ नाइटोबाट महिलाको स्वभाव:

१. धर्मशास्त्रमा बताइए अनुसार महिलाहरुको नाइटो लामो र अनियमित हुनेहरुको आफ्नै खुट्टामा उभिन सक्छन | स्वभिमानी र आत्मबिश्व्स बढी हुन्छ | यी महिलाहरु धेरै संग परिचय र चिनजान हुने गर्दछन |

२. नाइटो गहिरो हुने महिलाहरु अत्यन्तै भावुक हुन्छन | हास्न र रुन पनि बेर लगाउदैनन | यस्ता स्त्रीहरुको मन स्वच्छ हुन्छ भने सुन्दर पनि यी महिलाहरु हुने गर्छन |

३. जुन स्त्रीको नाभी माथि उठेको हुन्छ त्यस्ता महिला गोरी र सुन्दर हुन्छन् । यिनीहरु मिनलसार र रोमान्टिक हुन्छन् । यस्ता महिलाको जीवनमा अकस्मात धनलाभ पनि हुन्छ । यिनीहरुलाई धनी र सुन्दर पति मिल्छ ।

४. गोलो नाभी भएकी महिलाहरु असल र गुणवान हुने धर्म शास्त्रमा उल्लेख गरिएको छ | यी महिलाहरु स्वस्थ र बुद्धीमान हुने गर्छन | दयालु स्वभाव भएकी यी महिलाहरु समाजमा सम्मानित हुन्छन |

५ समतल नाइटो भएका महिलाहरुले विश्वास गर्दैनन् र विश्वासिला पनि हुँदैनन् । यस्ता महिलाहरुले दुख दिन्छन |

६. सनाइटो केन्द्र भागमाभएका स्त्रीहरु उर्जावान र उत्साही हुन्छन् यी महिलाहरु आफ्नो क्षेत्रमा सफल हुने गर्छन |

७. नाभी बाहिर निस्किएकि महिलाहरुलाइ सन्तान जन्माउँन समस्या हुन्छ | गर्भधारणमा समेत यिनीहरुलाई समस्या हुने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *