देशभर १३ सय ५१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ? [विवरणसहित]

असोज १२, काठमाडौं । पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ ।

यो सहित संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिए । यस्तै हालसम्म देशमा परीक्षण भएकामध्ये पोजेटिभ केस भने ७४ हजार ७४५ पुगेको छ ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ९२९ जना छन् ।

पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

२४ घण्टामा चार जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेहरुमा सुनसरीकी ३८ वर्षीया महिला, भक्तपुरकी ५१ वर्षाीया महिला, बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *