मनसुन कहिलेसम्म हट्ला ? हेर्नुस

काठमाडौं, असोज १५ नेपालबाट क्रमश: मनसुन बाहिरिने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। मौसमविद् विभूति पोखरेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट लगभग यो हटिसकेको छ।

‘यसबारे हामी थप अध्ययन गर्दै छौं,’ बिहीबार बिहान उनले भनिन्, ‘अहिले ११/१२ बजेतिर हामी यसबारे बुलेटिन जारी गर्दैछौं, सम्भवतः सुदूरपश्चिमदेखि ५ नम्बर प्रदेशसम्म मनसुनको प्रभाव हटेको अनुमान छ।’

उनका अनुसार मनसुनी प्रणाली नेपालको पश्चिमबाट क्रमशः हट्दै पूर्वबाट बाहिरिन्छ।

पश्चिमतर्फ मनसुनको प्रभाव हट्दै गएको भए पनि नेपालबाटै बाहिरिन भने अझै केही दिन लाग्ने देखिएको मौसमविद् पोखरेलले बताइन्।

‘बंगालखको खाडीमा एउटा न्यून चापीय क्षेत्र बनेको छ, तर त्यो निकै कमजोर अवस्थामा छ,’ उनले भनिन्, ‘यसले कति प्रभाव पार्छ, यसैमा नेपालबाट मनसुन बाहिरिने कुरा भर पर्छ।’

नेपालबाट मनसुन बाहिरिने मिति सामान्तया सेप्टेम्बर २७ तारिख हो। तर केही वर्षयता मनसुन अलि ढिला बाहिरिने गरेको मौसमविद् बताउँछन्। यस वर्ष सेप्टेम्बर आसपास झन् देशभर ठूलो वर्षा भएको थियो। तर केही दिनयता वर्षा हुने क्रम स्वाट्टै घटेकाे छ।

उनका अनुसार आज दिनभर धेरैजसो स्थानमा घाम लाग्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको माैसम पूर्वानुमान :

असोज १५ गते बिहीबार
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १६ गते शुक्रबार
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १७ गते शनिबार

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। भने देशभर आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *