उपत्यकामा थपिए ११७७ कोरोना संक्रमित, देशभर कुन जिल्लामा कति ? [विवरणसहित]

असोज १७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११७७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडौँमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना रहेका छन् ।

बिहीबारको नियमित प्रेस बिफ्रिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विस्तृत विवरणमा मोरङमा १११, चितवनमा ७५, कैलालीमा ९७, रुपन्देहीमा ९८ सहित विभिन्न जिल्लामा गरी २१२० जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ ।

यसैगरी हालसम्म ६२ हजार ७४० जना निको भएका छन् भने आज थप ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५२८ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ।

हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रधानमन्त्रीको सचिवालयमा पहिलो पटक कोरोना पुष्टि भएको बाहिरिएको हो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शुक्रबार क्वाब दिएको र आफ्नो रिपोर्ट पोजेटिभ आएको रिमालले बताएका छन् ।

यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रधानमन्त्रीको सचिवालयमा पहिलो पटक कोरोना पुष्टि भएको बाहिरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *