४ घण्टामा थप ९ को मृत्यु, कुन जिल्लामा कति संक्रमित थपिए ? (तथ्यांकसहित)

असोज २०, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।
देशभर २२ हजार ७०९ सक्रिय संक्रमित, आज १ हजार ५५१ जनामा संक्रमण पुष्टि

आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन्। जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन्।

उपत्यकामा कोरोनाबाट ५ को मृत्यु, १ हजार १७ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ भने १ हजार १७ जनामा संक्रमण देखिएको छ। काठमाडौंका ५९ र ६० वर्षीया महिला, ललितपुरमा ६७ वर्षीया महिला र ६१, ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै काठमाडौंका ७८३, ललितपुर ११८ र भक्तपुरका ११६ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १५ सय ५१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

२२ हजार ७०९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् भने होम आइसोलेसनमा १३ हजार ५९१ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४७ नमूनाको पीसीआर परीक्षण भएको छ। मंगलबार २३ सय ४० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।

आइसीयूमा २४३ र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ५६३ जनाको मृत्यु भएको छ। मंगलबार उपत्यकाका ५ सहित ९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। सोमबार मात्रै १९ जनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *