यौ’नको कुरा पनि सिकाइ राख्नुपर्छ र?

सृजना पोख्रेल/सेतोपाटी 

‘मेरो बच्चा, झुटो नबोल्नू ल।’

तपाईंलाई याद छ, तपाईंकी आमाले पहिलोपल्ट कहिले यसो भन्नुभएको थियो?

४ वर्ष पुग्दा हो? १२ वर्ष?

कि अरू कोही झुट बोल्नेलाई आमाले गाली गरिराख्दा हो? कि तपाईंको झुट पहिलोपल्ट पक्डिएको दिन?

एउटा त पक्का होला।

‘मेरो बच्चा, अरूको सामान कहिल्यै नचोर्नू ल।’

तपाईंलाई याद छ, तपाईंका बाले पहिलोपल्ट कहिले यसो भन्नुभएको थियो?

५ वर्ष पुग्दा हो? १४ वर्ष?

कि घरमा अरू कसैले चो’रेपछि सजाय पाइरहेका बेला हो? कि तपाईंको चोरी पहिलोपल्ट पक्डिएको दिन?

एउटा त पक्का होला।

राजेन्द्र बोहराको नाम सुन्नुभएको छ? पहाडमा एउटा सुन्दर ठाउँ छ बझाङ। त्यही बझाङको मष्टा गाउँका मान्छे हुन् यी। भर्खर १८ वर्ष पुगेका राजेन्द्रले अस्ति भर्खर एउटी १२ वर्षकी बच्चीलाई बला’त्कार गरेर मा’रिदिए। यो उनले गरेको पहिलो बला’त्कार थिएन।

केही महिनाअघि उनैले अर्की १४ वर्षकी बच्चीलाई पनि बला’त्कार गरेका रहेछन्। धन्न त्यो बेला बला’त्कार मात्र गरे, ज्या’न लिएनन्।

पहिलो बला’त्कारपछि केही विचौलियाले ती बच्चीका बाआमा र राजेन्द्रका बाआमालाई मिलाएर राजेन्द्रका लागि सजाय तोकिदिए- राजेन्द्रले ती बच्चीको खुट्टा ढोगेर ५०० रूपैयाँ चढाउनु पर्ने भयो।

खुट्टा ढोगेर पैसा त देवीलाई चढाइन्छ। राजेन्द्रले त्यो बेला ती बच्चीलाई के देखे होला? देवी?

१४ वर्षको यो’नीलाई बला’त्कार गर्दा कति दु’ख्यो होला है। त्यति सानो शरीरले कति ‘नाइँ! नाइँ!’ भन्यो होला। त्यत्रो दुखाई सहेको यो’नी जम्मा ५०० रूपैयाँमै चुप लाग्यो।

राजेन्द्रलाई त्यो बेला कुनै यो’नी दुखाईको मूल्य कति लाग्यो होला? कुनै केटीको ‘नाइँ! नाइँ!’ को मूल्य कति लाग्यो होला? ५००?

भर्खर १४ वर्षे बच्चीलाई बला’त्कार गरेर उ’म्किएका उनै राजेन्द्रले फेरि १२ वर्षकी सम्झनालाई बला’त्कार गर्दा सम्झनालाई के देखे होला? देवी?

देवीलाई त मान्छेले दिने चो’टले दु’ख्दैन। सम्झनालाई दु’ख्यो होला कि नाइँ? त्यो बेला राजेन्द्रको गोजीमा कति रूपैयाँ थियो होला? १०००?

‘मेरो बच्चा, कोही केटीलाई कहिल्यै ज’बरज’स्ती नगर्नू ल। उसलाई मन नलाग्दा नछुनू ल? म केटा हुँ, त्यसैले जो केटीलाई जे पनि गर्न मिल्छ भन्ने नसोच्नू ल?’

राजेन्द्रका बाआमाले उनलाई पहिलोपल्ट कहिले यसो भनेका थिए होला? तपाईंका बाआमाले तपाईंलाई पहिलोपल्ट कहिले यसो भन्नुभएको थियो? कि अहिलेसम्म भन्नुभएकै छैन?

‘मेरो बच्चा आफ्नो ठाउँ, जात छाडेर बिहे गर्नुहुन्न ल? संस्कार बिगार्नु हुन्न।’ तपाईंका बाआमाले तपाईंलाई पहिलोपल्ट कहिले यसो भन्नुभएको थियो?

१२ वर्ष पुग्दा हो? कि १४ वर्ष? तपाईंको बिहे गर्ने उमेर भइसकेको थियो?

आफ्नो छोरालाई के कुरा कहिले सिकाउने भन्ने हाम्रा बाआमाको बुझाइ कति बुझिनसक्नु छ है?

कसकी छोरीसँग कस्तो ‘बिहे-बार’ गर्ने भनेर हतार हतार सिकाउँछन्! कसैकी छोरीसँग कस्तो ‘व्यवहार’ गर्ने सिकाउन चाहिँ किन हतार गर्दैनन् होला?

यो सिकाइ संस्कारभित्र पर्छ कि पर्दैन? संस्कार भनेको के-के हो? मन्त्र? पूजा? धर्म? भगवान? देवी?

‘छोराछोरीसँग बाआमाले कसरी यौ’नको कुरा गर्नु? साथीहरूबाट सिकिहाल्छन् नि! यस्तो सानो केटासँग त्यस्तो कुरा गर्नुपर्छ र? यौ’नको कुरा पनि सिकाउनु पर्छ र?’

हाम्रा सबै बाआमा यस्तै सोच्छन् होला है? ती बाआमालाई आफ्नो सानो छोराको उमेरकै अर्को सानो छोराले कसैको बला’त्कार नै गरेको सुन्दा चाहिँ के लाग्छ होला?

बाआमाले सिकाएको संस्कार र छोरालाई चाहिने संस्कारबीच अनमेल भयो भने? यदि कुनै दिन छोराले आफ्नो यौ’न तलतलको तालमेल मिलाउन जानेन भने? सही बाटो देखाइदिने कोही पनि भएन भने?

कहिल्यै झुट पनि नबोलोस्, चोर पनि नहोस् भनेको छोरा बला’त्कारी भयो भने?

अब बाआमालाई पनि थोरै दो’ष दिन मिल्छ कि नाइँ? बाआमा हुनु भनेको के हुनु हो? साथी? गुरु? उपदेश? आशिष? देवता?

कति सिकाएपछि बाआमालाई पहिलो शिक्षक भन्न मिल्छ? के-के सिकाएपछि घरलाई पहिलो स्कुल मान्न मिल्छ? बाआमाको सिकाइमा प्रश्न गर्दा संस्कार बिग्रिन्छ कि नाइँ?

हुन त कोही बाआमा आफ्नो सन्तान बला’त्कारी होस् भन्ने चाहँदैनन्। तर आफ्नो सन्तान बला’त्कारी नहोस् भन्नका लागि चाहिँ होस कति पुर्‍याउँछन्?

राजेन्द्रका बाआमालाई अहिले भने छोराले सजाय पाउनुपर्छ लागेको छ। आमालाई छोराको ज’न्म व्य’र्थ लागेछ। बालाई छोरो क’लि’यु’गको कंश लागेछ। भर्खर काखबाट छुटेर उड्ने उमेर भएको छोरो, कोखमै म’रेको भए हुन्थ्यो भन्नुअगाडि एउटी आमाको मनले कति पटक रो’एर भ्या’उँछ होला!

यसरी रोइरहेकी आमाहरूको खो’ट देखाउँदा कति पाप लाग्छ?

यी बाआमालाई छोराले अघिल्लो पल्ट बला’त्कार गरेको थाहा थियो। तर अहिले छोराले कसैको ह’त्या गरेको थाहा पाउँदा रो’एको मन, छोराले कसैले बला’त्कार गर्‍यो भन्ने थाहा पाउँदा उसैगरी रो’एन। त्यो बेला कसैले मिलापत्र गरौं भन्यो। अनि यी बाआमाले छोराले गरेको बला’त्कारको जरिवाना यसरी तिरे मानौं, छोराले कसैको खेलौना फुटाएको हो।

सोचे होलान्, खेलौनाको पैसा तिरिदिए सबै ठीक हुन्छ।

अहिले पनि कसैले ‘सम्झनाका बाआमालाई १००० रुप्पे देऊ, मिलापत्र गरौं’ भनेको भए राजेन्द्रका बाआमाले के भन्थे होला? छोरालाई कं’श नै सोचेर म’रे हुन्थ्यो भन्थे होलान्? कि आफ्नो छो’रा हो सो’चेर फेरि बचाउँथे?

यी बाआमालाई छोराले पहिलो ब’ला’त्कार गर्दै छोराको मायाले भन्दा बढी अरूकी छोरीको दुःखले पोलेको भए? अहिले सम्झना के गर्दै हुन्थिन् होला? आफू मरे’को त्यही मन्दिरमा उनलाई मा’रेकै ति’खो त्रिशूलको पूजा गरिरहेकी हुन्थिन् होला है!

अघिल्लो बला’त्कारमा मिलापत्रमा राजी हुने बाआमा अहिले किन यतिविघ्न रिसा’एका होलान्? किन यसरी रो’एका होलान्?

राजेन्द्रका बाआमालाई किन बला’त्कार मिल्न सकिने ग’ल्ती अनि ह’त्या मा’फ दिनै नसकिने अ’पराध जस्तो लागेको?

हाम्रा बाआमालाई चाहिँ बला’त्कार मिल्न सकिने ग’ल्ती अनि ह’त्या माफ दिनै नसकिने अप’राध जस्तो लाग्छ कि लाग्दैन? जे लाग्छ, त्यो आफ्नै छोरा बला’त्कारी हुँदा पनि त्यही लाग्छ कि लाग्दैन?

अनि हामीलाई के लाग्छ? जे लाग्छ, त्यो आफ्ना दाजुभाइ बला’त्कारी हुँदा पनि त्यही लाग्छ कि लाग्दैन?

जुन दिन ‘आफ्नो’ मान्छे बला’त्कारी हुन्छ, त्यो दिन बला’त्कारीका लागि तोकिएको सजा’य कम लाग्छ कि लाग्दैन?

कानु’नले बला’त्कारीलाई फाँ’सीको स’जाय तोकिदेला।

अब पनि बला’त्कार हुनुको दोषी का’नुन मात्रै रहन्छ कि नाइँ? हाम्रा मान्छेले गर्ने बला’त्कारको दो’ष हामीलाई दिन मिल्छ कि मिल्दैन? ज्या’न लिएर सा’स खोसे पनि, बला’त्कार गरेर आ’त्मवि’श्वास खोसे पनि, दुवै ह’त्या हुनुप’र्ने हैन र?

कोही मान्छे म’र्दा र उसको बला’त्कार हुँदा हुने पीडा कति फरक हुन्छ?

राजेन्द्रका बा वीरबहादुर। यस्तै अर्का बहादुर छन्, थापा थर भएका रामबहादुर। यो देशलाई गृ’ह मान्ने हो भने, उनी यो देशका बा हुन्।

यी देशका बालाई पनि राजेन्द्रका बालाई जस्तै, म’र्नु र बला’त्कार हुनु त्यस्तै विघ्न फरक त लागेको होला है? त्यही भएर त कति सजिलै ‘अझै यो देशमा बला’त्कारको दर कम छ’ भनेर प’न्छिदिए। कति सजिलै यतिका सम्झना, निर्मलाको दुखाइलाई अंकमा जोडिदिए।

कुनै दिन भगवानलाई रि’स उठ्यो’ भने? केही गरी रामबहादुरलाई अब उनी म’र्दैछन् भन्ने थाहा भए? त्यो बेला चाहिँ उनलाई देशको मृ’त्युदर कम छ भनेर आफू म’र्नु सामान्य लाग्छ होला कि नाइँ?

रामबहादुर थापा राम मात्रै बनेर बाँचेका छैनन्। उनी रामबहादुर थापा ‘बादल’ हुन्। यी नामका ‘बादल’ एकदिन त पक्का साँच्चिकै बादल होलान्। त्यसो भएको दिन के हुन्छ होला? अहिले ज’लेर आकाशमा पुगेकी सम्झनाले ती बादललाई भेटिन् भने? बादलको आँखामा हेरेर आफ्नो आँखाबाट पानी पारिन् भने, के होला?

नराम्रो कल्पना गरौं। कुनै परिवारमा एउटी १२ वर्षकी छोरी र अर्को ५ वर्षको छोरो छ। एकदिन कसैको १८ वर्षे छोराले ती १२ वर्षकी बच्चीको बला’त्कार गर्‍यो।

अब यी बला’त्कृत छोरीका बाआमाले आफूले के सिक्छन् होला? अनि ती बाआमाले आफ्नो ५ वर्षे छोरोलाई थप के कुरा सिकाउँछन् होला जुन आजअघि कुनै बाआमाले आफ्नो छोरालाई सिकाउन खासै जरूरी ठानेनन्?

केही सिकाउलान्? कि फेरि पनि यसै भन्लान्?

‘छोराछोरीसँग बाआमाले कसरी यौ’नको कुरा गर्नु? साथीहरूबाट सिकिहाल्छन् नि! यस्तो सानो केटासँग त्यस्तो कुरा गर्नुपर्छ र? यौ’नको कुरा पनि सिकाइ राख्नुपर्छ र?’ सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *