एकै दिन थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ? [हेर्नुस विवरण]

असोज २४, काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबार ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ५६८४ पुगेको हो। पछिल्लो २४ घण्टामा १२२९ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ७४२५२ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमित ३० हजार ८ सय १८ रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *