दसैं-तिहार नजिक आयो: कोरोना कहरमा सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ? हेर्नुस

जनस्वास्थ्य विज्ञका अनुसार संक्रमण फैलिन सक्ने प्रमुख माध्यम भनेको सार्वजनिक यातायात पनि हो ।

गाडीहरु खुलेसँगै मानिसहरु एक जिल्लाबाट अर्को जिल्लाबाट आवतजावत गर्न थालेका छन् । नजिकिँदै गरेको दशैं, तिहार तथा छठमा घर जानेको संख्या अवश्य नै बढ्ने देखिन्छ ।

कोभिडको समयमा पहिलेको जस्तो भिडभाडमा यात्रा गर्नुहुँदैन, संक्रमण छिटो र धेरै ठाउँमा फैलिने सम्भावना हुन्छ ।

छोटो तथा लामो दुरीका यात्रा गर्दा धेरै कुरामा सावधानी अपनाउनुपर्छ । कसरी सावधानी अपनाउने ?

यात्रुहरुले के गर्ने, के नगर्ने ?

बसमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाउने ।
सिटहरुमा दुरी (कम्तीमा २ मिटर) कायम गरेर बस्ने ।

यात्रुहरुले आफूसँग पनि स्यानिटाइजर बोक्ने र गाडी चढेपछि र ओर्लिएपछि स्यानिटाइजरले हात सफा गर्ने ।
गाडी चढ्दा लाइन लागेर मात्र गाडी चढ्ने ।

सकेसम्म खुद्रा पैसाको व्यवस्था आफैं गरेर दिँदा सजिलो र जोखिमरहित हुन्छ ।
लामो दूरीको टिकट सकेसम्म अनलाइन खरिद गर्ने । टिकट किन्न जाँदा पनि दूरी कायम गरेर किन्ने।

बस स्टप तथा बाटोमा खानेकुरा नकिन्ने र आवश्यक सामान आफौसँग बोक्ने ।
झ्यालहरु खुला राखेर बस्नुपर्छ ताकि हावा आवतजावत् होस् ।

सकेसम्म अत्याधिक व्यस्त हुने समयमा यात्रा नगर्ने र अत्यधिक चाप रहने रुटतिर नजाने ।
अनावश्यक रुपमा बस, ट्याक्सी लगायतका सवारी साधनका झ्याल ढोकाको डण्डी तथा सिट नछुने । छोएमा हातमा स्यानिटाइजर लगाउनुपर्छ ।

बसमा निःशुल्क दिइने पानीका बोतल, पत्रिका लगायतहरु नलिने ।
बसमा घरीघरी मास्क खोलेर खानेकुरा नखाने ।

चालक तथा सहचालकले के गर्ने, के नगर्ने ?

चालक तथा सहचालकले पनि यात्रुलाई दुरी कायम गरेर बस्न लगाउने गर्नुपर्छ ।
गाडीहरुमा चढ्दा ढोकाछेउमा स्यानिटाइजर उपलब्ध गराउनु राम्रो हुन्छ ।

गाडीमा यात्रु चढाउँदा र ओराल्दा लाइन लागेर चढ्न र ओर्लन प्रेरित गर्ने ।
सार्वजनिक सवारी साधनले यात्रु चढाउँदा र ओराल्दा तोकिएको स्थानको मात्रै प्रयोग गर्नुपर्छ ।

सहचालकहरुले स्टपहरुको बारेमा जानकारी दिइराख्ने, ठूलोठूलो स्वरमा बोल्नुपर्ने, पैसा उठाउनुपर्ने भएकाले अझ जोखिममा हुन्छन् । उनीहरुले पटक-पटक हातले मास्कहरु तलमाथि नगर्ने । थुक लगााएर पैसा नगन्ने ।

झ्यालहरु खुला राख्न यात्रुलाई आग्रह गर्ने ताकि हावा आवतजावत् होस् ।
लामो दूरीको टिकट अनलाइन बिक्री गर्ने व्यवस्था मिलाउने । टिकट काउन्टरमा भिड गर्न नदिने र दूरी कायम गराउने ।

चालक तथा सहचालकले पनि अनिवार्य रुपमा मास्क, भाइजर तथा पञ्जा लगाएर सवारीसाधन चलाउनुपर्छ ।
बसमा घरीघरी मास्क खोलेर नबस्ने ।

समय समयमा स्यानिटाइजर हातमा लगाउने ।
हरेक टिपपछि सवारी साधनहरु स्यानिटाइज गरिए संक्रमणको जोखिम कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *