‘रामले असई मा’र्‍यो भनेको सुनेपछि निकै मन दु’ख्यो’

सविता बुढा/सेतोपाटी

धनगढी, कात्तिक ४, शनिबार राति ड्युटी गएका धनगढीको जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विकको आइतबार बिहान श’व भेटियो।

नेपाल-भारत सीमा छुट्याउने मोहना नदी किनारमा उनको श’व भेटिएको थियो। उनको घाँ’टी रे’टिएको थियो। विकको श’व भेटिएको केही घन्टासम्म पनि सँगै ड्युटी गएका जवान रामबहादुर साउद बेप’त्ता थिए।

प्रहरीले उनको खोजी गरिरहेको थियो तर विकको ह’त्या कसले गर्‍यो भन्ने पनि खुलेको थिएन। त’स्करले नै दुबै प्रहरीको ह’त्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो तर कतिपयले भने असई विकको ह’त्यामा जवान साउँदलाई पनि शं’का गरे।

‘कतिले त तेरो मान्छे कता छ भन्दै ध’म्काए पनि,’ साउदका दाई गंग साउदले मंगलबार सेतोपाटीसँग भने।

अनु’सन्धानका क्रममा रहेको घटनामा कतिपयका निराधार शं’काले कर्त’व्यनिष्ठ प्रहरीका परिवारमा झन् पी’डा थपेको उनले बताए। ‘ड्युटीमा रहँदा ड’राउने त्यति कम’जोर होइन त्यो मान्छे”, प्रहरी बन्न धेरै सं’घ’र्ष गरेको हो,’ गंगले भने।

अछामको बान्नगढी जयगढ गाउँपालिका-५ घरका रामबहादुर घरका साइला छोरा हुन्। उनका कान्छा भाइ नेपाली सेनामा छन्। एक भाइले सीएमए पढेर घरमै लोक सेवाको तयारी गरिरहेका छन्।

उनीभन्दा अगाडिका दाइ गंग आधारभूत विद्यालयका शिक्षक हुन्। घरमा बुबा र आमाले खेती किसानी गर्छन्।

रामबहादुर सानैदेखि शारिरीक कसरतमा अब्बल थिए। उनी फुर्तिला र जोसिला थिए। दौड, जम्पिङ, ज्याम्नेस्टिकमा उनी स्कुलमा पहिलो हुन्थे।

गंगका अनुसार सानैदेखि फो’र्समा जाने उनको सपना थियो। कक्षा १२ पास गरेपछि उनले दिपायलमा प्रहरी हुन आवेदन दिएका थिए।

त्यसबेला उनी छनोटमा परेनन्। प्रहरी बन्ने उनको सपना यति जब्बर थियो कि त्यसपछि गरी पाँच पटक छनौट नहुँदा पनि उनले हिम्मत हारेनन्।

‘सपना नै थियो प्रहरी हुने, छैठौं पटक २०६७ मा नाम निकालेको हो,’ गंगले भने। छनौटपछि उनले ९ महिना डोटी बु’डरमा तालिम लिए। तालिमपछि दिपायलमै काम गरे। त्यसपछि दार्चुला सरूवा भए। २ वर्षदेखि जुगेडा अस्थायी प्रहरी चौकीमा थिए।

जागीर खाएको २ वर्षपछि उनको बिहे भयो। श्रीमती घरयासी काम गर्छिन्। उनका दुई छोरी छन्। ‘साथीहरूले इन्डिया जाउँ भन्दा उसले म देशको लागी काम गर्छु भन्थ्यो,’ गंगले भने।

१० वर्षको जागिरले उनको परिवारको घरखर्च चलेको थियो। अलिकति पैसा जम्मा गरेर धनगढीमा घर बनाउने उनको इच्छा थियो। ‘छोरीलाई धेरै पढाउने उसको सोच थियो,’ गंगले भने।

पछिल्लो पटक भदौमा उनी घर गएका थिए। १० दिन घरमा बसे। यसबेला साथीभाइ आफन्तसँग भेटघाट पनि गरे।

घटना भएको दिन उनका कान्छो भाइ काठमाडौंबाट घर आएका थिए। रामले धनगढीबाट सामान किनेर घरका लागि भाइको हातमा पठाएका थिए।

दिउँसो कान्छी छोरीसँग फोनमा कुरा भयो। गंग आइतबार खेतमा भट्मास काट्दै थिए। ‘धनगढीमा असइको ह’त्या भयो र राम बहादुर बे’पत्ता छन्’ भन्ने खबर सुने। ‘त्यसैबेला मलाई लागिसकेको थियो, ऊ पनि बाँचेन होला,’ उनले भने।

घरमा खाना खाने समय थियो। सबैले खाएपछि बल्ल उनले सुनाए। आफन्त र गाउँले पनि घरमा आए। केहीले धनगढी जाउँ भन्ने सुझाव दिएपछि गंग हिँडे।

सोमबार धनगढी पुगेर घ’टन’स्थल’मै खो’जीमा लागे। करिब ६० घन्टा बिते पनि भाइ भेटिएन। ‘भाइ नभेटिएपछि कतिले रामले असई मा’र्‍यो भनेको सुनेपछि निकै मन दु’ख्यो,’ उनले भने।

असईसाब् र आफ्नो भाइले देशको सेवा गदैगर्दा ज्या’न गु’माउनु परेकोमा ग’र्व लागेको उनको भनाइ छ। ‘बर्दी’मै प्रा’ण त्या’ग्यो, यसमा मलाई ग’र्व लागेको छ,’ उनले भने।

उनी फेरि यस्ता घटना नदोहोरिऊन् भन्ने चाहन्छन्। ह’त्यारा पनि पत्ता लागेका छन्। कोही दो’षी न’उ’म्कि’योस् भन्ने उनलाई लागेको छ।

साउदको श’व अहिले पो’ष्टमा’र्टमका लागि सेती प्रादेशीक अस्पतालमा राखिएको छ। आजै श’व अछाम लैजाने परिवारका सदस्यले बताए। बुधबार उनको अ’न्तिम सं’स्कार हुनेछ। -सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *