कक्षा १२ को परीक्षा मिति तोकियो, कहिलेबाट हुन्छ परिक्षा ? [ हेर्नुस परिक्षा तालिका]

कात्तिक ५, काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो। बोर्डका अनुसार यो पटक शनिबारको दिन पनि परीक्षा सञ्चालन हुनेछ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार विद्यार्थीको चाहना अनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ । कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षाम बस्न सक्ने विद्यार्थीका लागि भने छुटै स्थानको व्यवस्था गरिनेछ ।

यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ । ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ । २० अंक भने स्कुल आफैले मूल्यांकन गरेर प्रदान गर्नेछ । शर्माका अनुसार परीक्षामा ४ लाख ३२ हजार ५ सय सहभागी हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *