वैज्ञानिकले पत्ता लगाए कोरोना मार्ने नयाँ तरिका, हेर्नुस

काठमाडौं, कार्तिक ७, मुख सफा गर्ने औषधि अर्थात् ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’ले काेराेना नियन्त्रणमा भूमिका खेल्ने अमेरिकाका वैज्ञानिकले दाबी गरेका छन्।

उनीहरूका अनुसार कोरोना संक्रमण हुँदा यस्ता औषधिले मुख कुल्ला गर्ने हो भने भाइरस फैलिन पाउँदैन।प्रयोगशालामा गरिएको परीक्षणले यो पुष्टि भएको वैज्ञानिकको दाबी छ।

उनीहरूका अनुसार नाक र मुखको सफाइले पनि कोरोना भाइरसको संख्या घटाउन सकिन्छ।

यसरी भएको थियो अनुसन्धान

पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने कोरोना भाइरसमा प्रयोग गरिएको थियो।

यी चिजको असर भाइरसमा अलग-अलग देखिए। हरेक ३० सेकेन्ड, १ मिनेट र ३२ मिनेटपछि असरको जाँच गर्दा केही हदसम्म कोरोना भाइरस नष्ट भएको पाइयो। त्यसपछि त्यसमा मानव कोषिका हालियो। कतिपय कोषिका जीवित रहेको पाइयो।

बेबी स्याम्पुले २ मिनेट र माउथवासले ३० सेकेन्डमा भाइरस निष्क्रिय पारेकाे पाइयो

जर्नल अफ मेडिकल भाइराेलजीमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार बेबी स्याम्पुकाे एक प्रतिशत अंशले २ मिनेटमा ९९.९ प्रतिशतसम्म कोरोना भाइरस निष्क्रिय पार्न सक्छ। अझ माउथवासले एक मिनेटसम्म गरगर गर्ने हाे भने ९९.९९ प्रतिशतसम्म कोरोना निष्क्रिय बनाउन सकिन्छ।

कोरोना संक्रमित एवं क्वारेन्टिनमा रहेका व्यक्तिले यो प्रयोग गरेका खण्डमा निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ।

जबसम्म खोप बन्दैन, तबसम्म संक्रमण रोक्ने नयाँ तरिका खोज्न आवश्यक

पेनसिलवेनिया विश्वविद्यालयको माइक्रोबायोलजिस्ट क्रेग मेयर्सका अनुसार जबसम्म खोप तयार हुँदैन, तबसम्म कोरोना संक्रमण रोक्ने यस्तै नयाँ-नयाँ तरिका खोज्न आवश्यक छ।

उनी भन्छन्, ‘हामीले कोरोना भाइरसको संख्या घटाउन ओरल एन्टिसेप्टिक र माउथवास प्रयोग गर्ने गरेका छौं। यी सजिलै पाइने वस्तु हुन्। जसलाई मानिसले दैनिक प्रयोग पनि गरिरहेका छन्।’

अहिलेसम्मका अनुसन्धानअनुसार नाक र मुख नै शरीरमा कोरोना भाइर प्रवेश गर्ने मुख्य द्वार हुन्।

कोरोना संक्रमणका कारण मात्र गन्ध थाहा नपाउने समस्या हुने होइन रहेछ!

कोरोना संक्रमणका विभिन्न लक्षणमध्ये गन्ध थाहा पाउन नसक्नुलाई पनि एक मानिएको छ।

यसैकारण अहिले पक्कै तपाईं हामी यस्तो समस्या हुनेबित्तिकै कोरोना संक्रमण भयो कि भनेर शंका गर्छाैं।

तर विश्वमा यस्ता समस्या भएका मानिस थुप्रै छन्, जसलाई कोरोना संक्रमण भएको होइन।

बीबीसीका अनुसार यसैमध्येकी एक हुन्, अमेरिकाको एरिजोनास्थित फोनिक्स सहर निवासी ३८ वर्षीया यज्मिन सालाजार। जो गन्ध थाहा पाउँदिनन्।

उनलाई कुनै पनि चिजको गन्ध उनका श्रीमानले बताइदिने गरेका छन्। उनी भन्छिन्, ‘श्रीमान् नै मेरा नाक हुन्।’

कक्षा २ मा पुगेपछि उनलाई आफ्नो यो समस्याबारे थाहा भएको थियो। विज्ञका अनुसार उनको समस्यालाई ‘एनोस्मिया’ भनिन्छ।

संसारमा यस्तो समस्याबाट पीडित कति छन्?
विज्ञका अनुसार विश्व जनसंख्याको झन्डै ५ प्रतिशत व्यक्ति यस्तो समस्याबाट पीडित रहेको अनुमान छ।

बेलायतस्थित संस्था एब्सेन्टकी कार्यकारी निर्देशक सारा ओक्ले भन्छिन्, ‘जसले सुँघ्ने शक्ति गुमाउँछन्, उनीहरू डिप्रेसनको सिकार हुने खतरा बढी हुन्छ।’

उनको संस्थाले ‘एनोस्मिया’बारे जनचेतना जगाउने काम गर्छ।

यो समस्या हुने आम कारणमा रुघाखोकी र पिनासजस्ता संक्रमण पर्छन्। साथै टाउकोमा आघात, टाउको र घाँटीको क्यान्सरको रेडिएसन उपचार, औषधिको दुरुपयोग, धूमपान, पार्किन्सन र अल्जाइमर्सजस्ता रोगले पनि यस्तो समस्या गराउने विज्ञ बताउँछन्।

विज्ञका अनुसार यो उमेरबढेसँगै आउने अवस्था पनि हो। ‘सम्भवतः तपाईंको उमेरसँगै सुँघ्ने शक्तिमा ह्रास पनि आउँछ भन्ने कुरा कम थाहा पाइएको विषय हो,’ सारा ओक्ले भन्छिन्।

उनका अनुसार ७५ वर्षमाथिका करिब ३० प्रतिशत मानिस एनोस्मियाग्रस्त हुन्छन् भन्ने अनुमान छ। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *