रोमान्टिक गीत ‘पावरवाला चश्मा’मा आश्मा र एन्जिला (भिडियो)

काठमाडौं, ‘पावरवाला चश्मा’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको छ। नेफोली क्रिएसन्सको प्रस्तुति रहेको भिडियोमा नायिका आश्मा गिरी, सहिन प्रजापति, कुशल बिष्ट र अनिता बस्नेत फिचर छन्।

प्रताप दास र एन्जिला रेग्मीको स्वरमा रहेको गीतको शब्द र संगीत भीम बिसीको हो। युट्युव च्यानल नेफोली क्रिएसन्समा अप्लोड गरिएको भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका हुन्। सियोन श्रेष्ठले कोरियोग्राफी गरेको भिडियो नवराज उप्रेतीले खिचेका हुन्।

प्रलभ ढुंगाना र कौशलराज खड्का निर्माता रहेको भिडियोमा दुई प्रेमीजोडीको वृद्धाअवस्थासम्मको प्रेमभाव दर्शाइएको छ। दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भिडियोमा गायक प्रताप र गायिका एन्जिलालाई पनि प्रस्तुत गरिएको छ।

केही समयअघिदेखि बिभिन्न सर्ट मुभीज तथा म्युजीक भिडियो निर्माणमा सक्रिय रहेको नेफोली क्रिएसन्सको यो गीत अहिले टिकटकमा समेत चर्चित हुँदै गइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *