जोडीलाई यती एयरलाइन्सको दशैँ अफर

काठमाडौं, कार्तिक ९, निजी लगानीमा सञ्चालित यती एयरलाइन्सले नेपालीहरुको महान पर्व बडादसैँको अवसरमा आफ्ना यात्रुहरुको लागि आकर्षक अफर ल्याएको छ।

एयरलाइन्सको सम्पूर्ण गन्तव्यहरुमा उडान गर्ने यात्रुहरु मध्येबाट ५ जना भाग्यशाली बिजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको हो।

एअरलाइन्सले ल्याएको आकर्षक अफर अन्तर्गत ‘लक्की ड्र’मार्फत् पहिलो हुने बिजेताले एक जोडीका लागी हिमालयन एअरलाइन्सको काठमाडौं-अबुधाबी-काठमाडौंको दुईतर्फी फ्रि टिकेट प्राप्त गर्नेछन्।

त्यस्तै दोस्रो बिजेताले एक जोडीका लागी चितवनको कसरा होटलमा, तेस्रो बिजेता एक जोडीले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चौँथो बिजेता एक जोडीले नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको छ। त्यस्तै गरी पाँचौ बिजेता एक जनालाई यती एअरलाइन्सको तर्फबाट आकर्षक पुरस्कार प्रदान गर्नेछ।

आफ्नो २२ औँ वार्षिक उत्सव मनाउने क्रममा एअरलाइन्सले विभिन्न आकर्षक अफरहरु घोषणा गर्दै आएको छ। केही समयअघि आकर्षक आन्तरिक भ्रमण प्याकेज घोषणा गरेको एअरलाइन्सले केहीदिन अघिबाट नवौँ गन्तव्यको रुपमा सिमरा उडान समेत सुरु गरेको छ।

योे अफर दसैँ अवधिभर लागू हुने कम्पनीले जनाएको छ। यात्रुहरुलाई सुरक्षित उडान गराउँदै आकर्षक उपहार प्रदान गर्ने र एअरलाइन्सप्रतिको विश्वास कायम राख्न विभिन्न अफरहरु ल्याएको यती एअरलाईन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

उनका अनुसार यती एअरलाइन्सका सम्पूर्ण गन्तव्यहरुमा उडान गर्ने यात्रुहरु यो अफरमा सहभागी हुन सक्नेछन्।

‘हामीले २२ औँ वार्षिकोत्सवमा थप आकर्षक कार्यक्रम ल्याउने घोषणा गरे वमोजिम यो दसैँ अफर ल्याएका छौं, हाम्रा यात्रुहरुले उडान सँगै आकर्षक उपहारको पनी मज्जा लिनुहुनेछ’, प्रवक्ता बर्तौलाले भने।

एअरलाइन्सले एटीआर–७२, जेटस्ट्रिम–४१ विमानहरु मार्फत उच्च सर्तकता अपनाएर आफ्ना उडानहरु सञ्चालन गरिरहेको बताएको छ।

यती एअरलाइन्सले हाल काठमाडौँदेखि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटार, सिमराका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ।

दसैंमा पनि किन यस्तो आपत आइलाग्यो हवाई कम्पनीलाई

कोरोनाको महामारीका बेला अन्य यात्राभन्दा सुरक्षित हुने विश्वास गरिएको हवाई यात्रामा पनि यात्रु नभएको वायुसेवा कम्पनीहरुले गुनासो गरेका छन्।

सहज अवस्थामा सप्तमीपछि हवाई यात्रामा एकदमै चाप हुने भए पनि यो वर्ष भने उक्त संख्यामा एकदमै कमी आएको उनीहरुले बताएका छन्। सामान्य अवस्थाको तुलनामा हवाई भाडा समेत कम रहेको र छोटो अवधिमै सुरक्षित यात्रा गर्न सकिने व्यवसायीले बताउँदै आए पनि यात्रु भने बढ्न सकेका छैनन्।

सडक मार्गबाट अघिल्ला वर्षको तुलनामा काठमाडौं उपत्यका छाड्नेको संख्या एक चौथाई मात्रै रहेका यातायात व्यावसायी तथा ट्राफिक प्रहरीले बताउँदै आएका छन्।

एयरलाइन्स कम्पनीले दशैंको समयमा समेत विमान भरिने गरी यात्रु नपाएको बताएका छन्।

यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले ८० देखि ९० प्रतिशतसम्म यात्रु पाएको बताए।

‘विगतका दसैंमा काठमाडौं उपत्यका छाड्दा जहाज अकुपेन्सी फूल हुँदैन भन्ने चिन्ता हुँदैन्थ्यो,’ प्रवक्ता बर्तौलाले भने, ‘यो वर्ष दसैंमा पनि यात्रु खोज्नुपर्ने अवस्था आयो।’

पहिले यात्रुले अग्रिम टिकट बुकिङ गर्थे तर यो वर्षको दसैंमा जानै परे पनि १/२ दिन अघिमात्रै टिकट बुकिङ गर्ने गरेका छन्।

‘उपत्यका अथवा शहरबाट गाउँ जानेको संख्या नै कम रहेको छ। झन् शहर फर्कने त १०/२० प्रतिशत अकुपेन्सी पाउन मुस्किल रहेको छ। टीकाको दिन शहर फर्कन अलि बढी बुकिङ भएको छ,’ बर्तौलाले भने।

नेपालमा आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा भएको बुद्ध एयरले दसैंमा यात्रु पाउनै मुस्किल रहेको बताएको छ।

‘सप्तमीसम्म त अलिअलि यात्रु पाएका थियौं। सप्तमीपछि त यात्रु पाउनै मुस्किल भएको छ,’ बुद्ध एयरका बजार प्रबन्धक रुपेश जोशीले भने, ‘त्यो पनि एकतर्फी काठमाडौँबाट जाने मात्रै हुन, फर्कने यात्रु त नगन्य रहेका छन्।’

हवाई कम्पनीले दसैंको समयमा सार्वजनिक सडक यातायातभन्दा हवाई यातायात सुरक्षित हुने बताउँदै आएका थिए। हवाई कम्पनीले दसैंपछिको प्रि–बुकिङ पनि राम्रो नभएको बताएका छन्।

यति एयरलाइन्सले दैनिक २० उडान र बुद्ध एयरले ३५ उडान गरेको दाबी गरेका छन्। हवाई व्यवसायीले दसैंमा यात्रु नहुनुको कारण लकडाउनको समयमा अधिकांस आफ्नो घरमै रहेको र सरकारले सकेसम्म यात्रा नगर्न अनुरोध रहेको बताएका छन्।

अहिले दसैंपछिको प्रि–बुकिङ खासै राम्रो नभए पनि गाउँ गएका अधिकांश दशैं वा तिहारपछि शहर फर्कने हुँदा हवाई यात्री बढ्ने कम्पनीले विश्वास गरेका छन्।

हवाई भाडामा प्रतिस्पर्धा

हवाई कम्पनीले काठमाडौं–पोखरा १९ सय ९५ मै उडान गरिरहेका छन्। सामान्य अवस्थामा ८ हजार हवाई भाडा रहने काठमाडौं–धनगढी श्री एयरलाइन्सले ४२ सयमा र बुद्ध एयरले ४५ सयमा उडान गरेका छन्।

हवाई भाडामा एयरलाइन्सबीच प्रतिस्पर्धा हुँदा यात्रुको लागि भने फाइदा भएको छ। गत वर्षको दशैंमा ८ हजारसम्म भाडा रहेको काठमाडौं–विराटनगर अहिले २६ सयमै यति एयरलायन्स र बुद्ध एयरले उडान गर्दै छन्।

त्यसैगरी भैरहवाको भाडा पनि २६ सय रहेको छ। त्यसैगरी नेपालगन्जमा श्री एयरलाइन्सले ३५ सय र यति र बुद्धको ४ हजारमा उडान गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *