आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ? हेर्नुस

कात्तिक १०, काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १७ सय ४१ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ५ भने डिस्चार्ज भएका छन् । त्यसैगरी १५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ । जसमध्ये एक लाख १५ हजार ६७५ डिस्चार्ज भएका छन् भने ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १३ लाख ९८ हजार १७९ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्ला दिनमा देशका ठूला सहरमा संक्रमण बढ्दै गएको छ । अहिले क्वारेन्टाइनमा २९ सय ६९ जना रहेका छन् ।

२४ घण्टामा हजार ६४ पुरुष र ६७७ महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा हजार ५७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा २५०, प्रदेश २ मा ६६, गण्डकी प्रदेशमा २१३, लुम्बिनीमा १४५, कर्णालीमा ७ र सुदूरपश्चिममा तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा काठमाडौं उपत्यकामा ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति?

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १, झापामा ५०, ताप्लेजुङमा १, मोरङमा १३, सुनसरीमा १८५, धनुषामा १२, बारामा ५, महोत्तरीमा १४, सप्तरीमा २९, सर्लाहीमा ४, सिरहामा २, काठमाडौँमा ६ सय ७३, काभ्रेमा ५९, चितवनमा २४, दोलखामा ७, धादिङमा २४, नुवाकोट ८, भक्तपुरमा ७६, मकवानपुर २९, रामेछापमा ४, ललितपुरमा १४६ र सिन्धुपाल्चोक २ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुलीमा ५, कास्कीमा १०१, गोरखामा १, तनहुँमा २५, नवलपरासी पूर्व ६०, पर्वतमा २, लमजुङमा ४, बागलुङमा १७, स्याङ्जा ३, अर्घाखाँचीमा ३३, कपिलवस्तुमा २२, गुल्मीमा ६, दाङमा ३, नवलपरासीमा ६, पाल्पामा १, प्यूठानमा ४, बाँकेमा १२, रुपन्देहीमा ५८, जुम्लामा १, दैलेखमा ५, अछाम १, कञ्चनपुरमा १ र दार्जुलामा १ जना कोरोना संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *