पाँचथर। पाँचथर जिल्लाको कुम्मायकमा डडेलोमा पारी एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा पाँचथरको कुम्मायक गाउँपालिका ३ की प्रतिमा सम्बाहाम्फे रहेको खुलेको छ। डढेलो आगो भने ताम्राखु जङ्गलमा लागेको बताइएको छ।
डडेलोको कारणले घाइते भएकी प्रतिमालाई उपचारको लागि धरान पठाएकोमा धनकुटाको भेडेटार पुग्दा उनको बाटैमा मृत्यु भएको बताएको छ।
घाँस काट्न जङ्गल छिरेको बेला जङ्गलमा लागेको डडेलोमा परी उनी घाइते भएकी थिइन्। उनीसँग अन्य चारजना साथीहरू पनि जंगलमा लागेको आगोको कारण घाइते पाँचथर प्रहरीले जानकारी दिएका छन्।
डडेलमा परी सबिना सम्बाहाम्फे, सिवाना सम्बाहाम्फे र निरमाया सम्बाहम्फेलाई उपचारको लागि बीपी मेमोरियल अस्पताल धरान पुर्याएको बताएको छ। घाइते उनीहरू सबैका अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै सोही ठाउँमा डडेलो निभाउन गएका वर्ष ३१ को खगेन्द्र बिक लडेर घाइते भएका छन्।
समाचार स्रोत: सामाजिक सञ्जाल














