हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सबिन न्यौपानेमाथि अज्ञात चारजना युवाहरू मिलेर कार्यकक्ष मै पुगेर मोबिल प्रहार गरी अनुहारमा कालोमोसो दलेका छन्। आज दिउँसो करिब ३:४० बजेतिर वडाध्यक्ष न्यौपाने रहेको कार्यकक्ष मै पुगेर अज्ञात युवाहरूले उनीमाथि कालमोस दलेका हुन्।
वडाध्यक्ष न्यौपानीमाथि कालोमसो दल्न आएका ती अज्ञात चार युवाहरूले वडाध्यक्ष न्यौपानेको साथबाट दुईवटा मोबाइल समेत लुटपाट गरी लगिएको बताएको छ। ती अज्ञात चार युवाहरूले वडाध्यक्ष न्यौपानेलाई कालोमोसो दले पश्चात उनकै कार्यकक्षमा उनलाई भित्र बन्द गरेर ती युवाहरू हिँडेका थिए।
अभद्र दुर्व्यवहार कालोमोसोमा परेका वडाध्यक्ष न्यौपानेको टाउकोको पछाडि चोटपटक लागेको पनि बताएको छ। आफूमाथि भएको अभद्र कालोमोसो सहित दुर्व्यवहार भएको घटनालाई लिएर वडाध्यक्ष न्यौपानेले स्वयं आफैले नै सुरक्षा निकायलाई घटनाबारे जानकारी दिएको बताएको छ।
प्रहरी प्रशासनलाई यस घटनाको जानकारी भएपश्चात वडाध्यक्षको कार्यकक्षमा भएको सिसिटिभीको पोटेज सहित अन्य सम्पूर्ण गतिविधिको मुचुल्काहरु तयार पारी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।
घटना कसले कुन उद्देश्यले गराएका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।














