मुख्य समाचारसमाचार

दाङका २ ठाउँमा मंसिर १४ गते गाडी सञ्चालनमा रोक लगाइयो

Sharing is caring!

मङ्सिर १०, दाङ । दाङमा यही मंसिर १४ गते दुई ठाउँमा उपचुनाव हुने दिने सवारीका साधनहरु सञ्चालनमा रोक लगाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचनामा मंसिर १४ गते हुने चुनावका दिन ३ नम्बर क्षेत्रका प्रदेशसभा २ र घोराही उपमहानगरपालिका वडा नम्बर १६ को क्षेत्रमा सवारीका साधन सञ्चालनमा रोक लगाईएको उल्लेख छ ।

बिहान ५ बजे देखी बेलुका ६ बजे सम्म सवारीका साधन सञ्चालनमा रोक लगाएईएको र सडक क्षेत्र समेत निर्धारण गरिएको छ । पश्चिम दाङको तुलसीपुर–अमेलिया सडक खण्डको अमेलियादेखि जसपुरसम्म, तुलसीपुर–सुर्खेत सडक खण्डको तुलसीपुर उपमहानगरपालिका गहतेखोला देखी पश्चिम दाङ सल्यान सिमाना देखी मतदान हुने क्षेत्र सम्म गाडी सञ्चालनमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

त्यस्तै घोराही उपमहानगरपालिका १६ को घोराही तुलसीपुर सडक खण्डको रतनपुर देखी पश्चिममा गुर्जे खोला र वडा नम्बर १६ को क्षेत्र भरी गाडी चलाउन रोक लगाईएको छ । तर एम्बुलेन्स, आपतकालिन अबस्थामा गाडी र जिल्ला प्रशासनबाट पास लिएका सवारीका साधनलाई भने सो क्षेत्रमा चल्ने दिईने प्रशासनले जनाएको छ ।

निर्वाचनलाई स्वतन्त्र, मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्नका लागि सवारीका साधनहरुलाई सञ्चालनमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

Related Articles

Back to top button
Close