मुख्य समाचारसमाचार

पोखरामा फेरि अर्को ब’म बि’स्फोट

Sharing is caring!

मंसिर १४, पोखरा । पोखरामा फेरि अर्को ब’म बि’स्फोट भएको छ । पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालय नजिकै ब’म बिस्फोट भएको हो ।

यसअघि पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६ अर्मलाको शान्ति मावी नजिकै ब’म बि’स्फोट भएको थियो ।

बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै ब’म बि’स्फोट भएको प्रहरीले जनाएको थियो । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा ब’म बि’स्फोट भएको हो । उनले मतदान गर्न लागेको मतदान स्थलबाट करिब ५० मिटर नजिकै ब’म बि’स्फोट भएको प्रगरीले जनाएको थियो।

ब’म बि’स्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । घटना कस्ले घटायो भन्ने बारे अझै यकिन हुन सकेको छैन । यो घटनाबाट पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

दाङमा ब’म विस्फो’ट

उपनिर्वाचनलाई लक्षित गरी दाङमा ब’म विस्फो’ट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी ब’म वि’स्फोट गराइएको हो । दाङमा क्षेत्र नम्वर ३ ख मा प्रदेशसभा र घोराही वडा नम्बर १६ आज मतदात हुदैछ ।

निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बि’स्फोट भएको हो । बिहान बि’स्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।

बिस्फो’टबाट कुनै क्षति भने नभएको प्रजिअ रिजालले बताए। कसले के बि’स्फोट गराएको हो भन्ने नखुलेको छैन।

धरानमा बि’स्पोट

धरान स्थित ठिङ्गावारी लगायत विभिन्न स्थानमा शुक्रवार मध्यराती शृङ्खलाबद्ध ब’म वि’स्फोट भएका छन । ४-५ वटा शक्तिसाली ब’म लगातार वि’स्फोट भएको छ ।

सन्तोस चौहानको घर नजिक ब’म विस्फो’ट भएको बताइएको छ । बिस्फो’टबाट कुनै मानविय क्षति नभएपनी हरि चौहानको घरको झ्यालको सिसा फुटेको जनाइएको छ ।

Related Articles

Back to top button
Close