मुख्य समाचारसमाचार

पश्चिमी वायुको प्रभाव हट्यो, आगामी ३ दिन मौसम कस्तो होला ?

Sharing is caring!

मंसिर १४, काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव हटेको मौसमविद्ले बताएका छन्।

यससँगै आगामी तीन दिन कतै वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले मुलुकमा उल्लेख्य कुनै मौसमी प्रणाली छैन। यसैले पहाडी भेगमा आंशिक बदलीबाहेक देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने उनको अनुमान छ।

आउने सोमबारसम्म मौसमको अवस्था करिब यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।

यसैबीच जाडोयाम भएकाले दिनप्रतिदिन देशभर चिसोको मात्रा भने बढ्दै गएको मौसमविद् बासीले बताइन्।

उनका अनुसार आज बिहान लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ। हिजो शुक्रबार पनि उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री नै थियो। यो नै यस वर्षको अहिलेसम्मै कम तापक्रम हो।

Related Articles

Back to top button
Close