मुख्य समाचारसमाचार

तुलसीपुर महोत्सवमा सोमवार देखि हेलिकप्टर यात्रा, कहाँ-कहाँ घुम्न पाइन्छ ?

Sharing is caring!

शरद रेग्मी/माघ १२, दाङ । दाङको तुलसीपुर महोत्सवको चौथो दिन सोमवार देखि हेलिकप्टरबाट यात्रा गरिने भएको छ । भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले स्थानीय पर्यटकीय स्थलहरुको अवलोकन गर्न हेलिकप्टरको व्यबस्थापन गर्न लागिएको हो ।

आयोजकका अनुसार हेलिकप्टर मार्फत तुलसीपुर बजार परिक्रमा ,स्वर्गद्धारी, धारापानी , पुरन्धारा झरणा, खैरावाङ , कुपेण्डे ताल , रारा ताल , से–फोक्सुण्डो ताललगायतका पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुुर रावत बिरुले जानकारि दिए ।

यस्तै महोत्सवको तेस्रो दिन आईतबार हजारौ दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सवका आर्कषणका रुपमा स्थानीय कृषि उत्पादन सहितको कृषि प्रर्दशनी, जुम्लाको अर्गानिक सामग्री, वाल उद्यान , मौतका कुवा ,होची महिला ईश्वरी माया छिनाल , दैनिक केन्द्रिय कलाकारहरुकोे प्रस्तुती , स्थानिय नृत्य प्रतियोगिता लगाएतका रहेका छन् ।

आईतबार तुलसीपुरमा देवी घर्ती, टीका सानु, रीता केसी, रेश्मी तामाङ ,कमल गाउंले, कमल रेउले, देवेन्द्र बस्नेत, प्रेम विवस घर्ती, दीपक कुमाल ,उमादेवी खनाललगायतका कलाकारहरुले प्रस्तुती राखेका थिए ।

त्यसैगरि महोत्सवमा दंगल कुस्ति खेल समेत शुरु भएको छ । महोत्सवको ५०१ नम्वर स्टलमा आज देखि दंगल कुस्ती खेल समेत राखिएको छ । उक्त खेल हेर्नका लागी दर्शकहरुले ५० रुपैयाको टिकट काटनु पर्ने आयोजकले जनाएको छन ।

साथै सोमबार चर्चित पशुपती शर्मा , राधिका हमाल , मौसमी राणा, प्रशंसा कडेल , सिर्जना खत्रीलगायतका कलाकारहरुले प्रस्तुती राख्ने भएका छन् । तुलसीपुर अनलाइनबाट

Related Articles

Back to top button
Close