मुख्य समाचारराशिफल

आज २०७६ माघ २८ गते मंगलबार तपाईको राशिफल कस्तो छ ? पढ्नुस

Sharing is caring!

२०७६ माघ २८ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।

बृष

हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

मिथुन

नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला ।

सिंह

आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।

कन्या

कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

तुला

नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।

बृश्चिक

सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

धनु

सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।

मकर

पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ

पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

मीन

कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।

माघ २६ देखि ३ गतेसम्म तपाईको साप्ताहिक भाग्यफल कस्तो छ ? आजै पढ्नुस

मेष -अरूको भर पर्दा लक्ष्यमा पुग्न समस्या पर्नेछ। आफन्तको सहयोग जुट्नाले चिताएको काम भने सहज रूपले बन्नेछ। अध्ययनमा विशेष प्रगति हुनेछ। विभिन्न अवसरले पछ्याउनुका साथै नयाँ जिम्मेवारी हातलागी हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा उछिन्न सकिनेछ। पहिलेको कमजोरी समाप्त हुनेछ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलभन्दा बुद्धिले लक्ष्यमा पुर्याउन सक्छ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ।

बृष -सोखले खर्च निम्त्याए पनि इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मिहिनेत गर्दा आँटेको काम सम्पादन हुनेछ। साझेदारीमा अलि सावधान रहनुपर्ला। अरूको बहकाउमा परिनाले सोमवार र मंगलवार केही काम बिग्रने सम्भावना देखिन्छ। तापनि बुधवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। पहिलेको उपलब्धिले पनि साता अनुकूल बन्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला।

मिथुन -सुरुमा विवादास्पद काम गर्नुपरे पनि सोमवारदेखि विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने समय छ। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ। बीचमा घरेलु समस्या देखिने हुँदा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। सप्ताहान्तमा भौतिक साधन जुट्नेछन् भने सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ।

कर्कट -सुरुमा खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि सद्विचारले प्रेरित हुनेहरूलाई फैदै हुनेछ। बुधवारदेखि अरूको दबाबमा परिने सम्भावना छ। सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। समस्या पर्दा आफ्नैले साथ नदिन सक्छन्। अरूको विश्वासमा पर्दा धोका पाइनेछ। गलत निर्णयले समस्या निम्त्याउन सक्छ। सप्ताहान्तमा भने स्थितिमा सुधार आउनाले धेरै काम सम्पादन हुनेछन्।
सिंह -प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। तापनि रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सोमवारदेखि आफन्तहरू नजिकिए पनि परिस्थिति आफ्ना लागि चुनौतीपूर्ण रहनेछ। केही काम बीचैमा रोकिन सक्छन्। तापनि शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ। अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। व्यावसायिक काममा भने मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ।

कन्या -प्रारम्भमा प्रशस्त लाभ हुनाले आम्दानीको क्षेत्र फराकिलो देखिनेछ। तर सोमवारदेखि खर्चिलो काम गर्नुपर्ने हुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। सरसापटमा धन बाहिरिने सम्भावना देखिन्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। बुधवारदेखि तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। तर स्वास्थ्य र धनको सुरक्षामा सजग रहनुहोला।

तुला -प्रारम्भमा केही विवादास्पद काममा जुट्नुपरे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। आम्दानीका स्रोत सबल बन्नेछन्। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। तर बुधवारदेखि ठुलो लगानी गर्नुपर्ने परिस्थिति आउन सक्छ। खर्च लागे पनि यात्राको अवसर जुट्नेछ। आम्दानी भने पनि लाभांशको आधा हिस्सा अरूका लागि खर्चनुपर्ला। सप्ताहान्तमा रमाइलो भेटघाट हुनेछ। आफन्तको सहयोगले हौसला प्रदान गर्नेछ। अजीर्ण हुनाले स्वास्थ्य कमजोर रहला।

बृश्चिक -प्रारम्भमा केही चुनौती देखिए पनि सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। प्रतिष्ठित काम हातपार्न सफल भइनेछ। मंगलवारदेखि थप अवसर प्राप्त हुनेछन्। विभिन्न भौतिक साधन जुटाउन सफल भइनेछ। लगनशीलताले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा नयाँ काम थालनी हुन सक्छ। अध्ययनमा प्रगति र व्यवसायमा राम्रै आम्दानी हुनेछ। तर धनमाल सुराक्षामा भने अलि सावधानी अपनाउनुपर्ला। सप्ताहान्तमा फजुल खर्चले मन अलि खिन्न हुनेछ।

धनु -प्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। अरूको स्वार्थमा उपयोग भइएला। सोमवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। काममा सामान्य चुनौती देखिए पनि बिस्तारै लक्ष्यमा पुग्न सफल भइनेछ। सप्ताहान्तमा आम्दानी बढ्नेछ।

मकर -प्रारम्भमा रमाइलो यात्रा हुन सक्छ। प्रियभेट हुनाले मनमा आनन्द मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। तर सोमवार र मंगलवार अर्थ अभावले सताउन सक्छ। अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। बुधवारदेखि स्थितिमा सुधार आउनाले काममा जोसजाँगर बढ्नेछ। धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। रोकिएका काम सम्पादन हुनेछन्। सप्ताहान्तमा विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला।

कुम्भ -प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेत गर्दा विशेष अवसर हात पार्न सकिनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेत गर्दा चिताएको काम बन्नेछ। तर परिस्थितिवश केही झमेला पनि बेहोर्नुपर्ला। बुधवार र बिहीवार काम रोकिन सक्छ। स्वास्थ्य–चिन्ताले पनि सताउनेछ। तापनि प्रयत्न गर्दा असहज परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा प्रवृत्त भइनेछ।

मीन -स्वास्थ्यचिन्ताले सताए पनि साता फलदायी नै रहनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि हातपार्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कामको सफलताले थप ऊर्जा प्रदान गर्नेछ। प्रतिस्पर्धीहरू बढ्नाले काममा केही परिवर्तन ल्याउन आवश्यक देखिन्छ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ। सप्ताहान्तमा परिस्थितिजन्य व्यवधान हुनाले काममा केही समस्या पर्न सक्छ।

Related Articles

Back to top button
Close