२०८२ जेष्ठ ६, मंगलवार २१:४०
२०८२ जेष्ठ ६, मंगलवार २१:४०
मकवानपुर। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका ९ स्थित त्रिभुवन राजपथको छैसट्ठी मोडमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। दुर्घटनामा परेका उक्त गाडी चितलाङबाट बाराको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश नम्बर २-०३-००१ ज ०१४७ को गाडी आज बिहान सो स्थानमा दुर्घटना भएको हो। दुर्घटना परेको गाडी सडकबाट करिब २० मिटर तल एउटा सल्लोको रुखमा अड्किँदा पुगेको थियो। दुर्घटनाग्रस्त भएको गाडीमा भने चालक दलसहित १४ जना यात्रीहरू सवार रहेका थिए। घाइते हुनेहरू १४ जनामध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। प्रहरीका अनुसार गाडी सो स्थानबाट दुर्घटना हुनुको कारण भने ब्रेक फेल भएको अनुमान गरिएको छ। घटना हुने लगत्तै उक्त गाडीमा घाइते भएका सबैलाई…