२०८२ जेष्ठ २५, आईतवार २२:०६
२०८२ जेष्ठ २५, आईतवार २२:०६
हेटौडा। बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख अतिथ्यमा माननीय सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठको विशेष अतिथ्यमा सामाजिक विकास मन्त्रालयको हलमा सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेश विश्वविद्यालयका डिन डा. गंगाराम विश्वकर्माले सबै अतिथिहरुलाई स्वागत गर्दै मन्तव्य राखेका थिए भने विश्वविद्यालयको वार्षिक कार्य प्रगति विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले प्रस्तुत गरेका थिए। माननीय सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीश्रेष्ठले प्रदेश विश्वविद्यालयको आवश्यकता औचित्यका बारेमा मन्तव्य राख्दै उच्च शिक्षा प्रदेश सरकारको एकल अधिकारको क्षेत्र हो,उनले भने । प्रमुख अतिथि माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वविद्यालयले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिदै अगाडि बढ्ने छ…