बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकमा ९ निर्णय

हेटौँडा, असोज ३ गते । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक आज सम्पन्न भएको छ। बैठकमा शतप्रतिशत मन्त्रीहरूको उपस्थिति रहेको थियो। बैठकले नौवटा महत्वपूर्ण निर्णय पारित गरेको छ।

बैठकका निर्णयहरू यस प्रकार छन् :

जेन जि आन्दोलनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा संवेदना प्रकट गर्ने।

आन्दोलनमा घाइते भएका सबैलाई प्रदेशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।

श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको अस्थायी दरबन्दीलाई यथास्थानमै रहने व्यवस्था गर्ने।

संविधान दिवसको अवसरमा पारदर्शिता, जवाफदेहिता र नतिजामुखी कार्य सम्पादनको सन्देशसहित शुभकामना दिने।

क्षतिग्रस्त मन्त्रालय तथा सरकारी निकायहरूको अध्ययन गरी पुनर्संरचना र पुनर्स्थापनाका लागि उच्चस्तरीय कार्यसमिति गठन गर्ने।

कृषि मन्त्री संयोजक

आर्थिक मामिला मन्त्री, उद्योग मन्त्री, वन मन्त्री, आन्तरिक सचिव र उद्योग सचिव सदस्य रहने।

बजेट पुनरावलोकन अध्ययन तथा सहमतिको आधारमा संशोधन गर्ने जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्रालयलाई दिने।

सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोडप्रति दुःख प्रकट गर्ने।

क्षतिको मूल्याङ्कन गरी पुनर्निर्माणको लागि अर्को उच्चस्तरीय समिति गठन गर्ने।

भौतिक पूर्वाधार मन्त्री संयोजक

अर्थ मन्त्री, श्रम तथा रोजगार मन्त्री, खानेपानी मन्त्री, अर्थ सचिव र भौतिक सचिव सदस्य रहने।

प्रदेश सरकारका सम्पूर्ण क्षतिग्रस्त प्रशासनिक संरचनाहरूलाई तुरुन्त सञ्चालनमा ल्याउन व्यवस्था मिलाउने।

बैठकमा पारित निर्णयहरूको जानकारी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सार्वजनिक गरेका हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.