२०८२ कार्तिक १८, मंगलवार १३:५४
२०८२ कार्तिक १८, मंगलवार १३:५४
काठमाडौं, कात्तिक १८ गते । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ४ सय रुपैयाँले कम हो। सोमबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। असोज मसान्तपछि सुनको मूल्य लगातार घट्दो क्रममा रहेको छ। असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको सुन हालसम्म झण्डै २० हजार रुपैयाँले सस्तो भएको छ। चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँले कम हो।…