अर्थ समाचार

भोलिदेखि फेरि पूरा १४.२ केजी एलपी ग्यास सिलिन्डर बिक्री सुरु, मूल्य रु २,०६०

भोलिदेखि फेरि पूरा १४.२ केजी एलपी ग्यास सिलिन्डर बिक्री सुरु, मूल्य रु २,०६०

काठमाडौं , असार ३० गते । नेपाल आयल निगमले भोलि (बुधबार)देखि १४.२ किलोग्राम तौल भएको पूरा एलपी ग्यास सिलिन्डर बिक्रीवितरण पुनः सुरु गर्ने जनाएको छ। मध्यपूर्वमा उत्पन्न तनावका कारण एलपी ग्यासको आपूर्तिमा समस्या आएपछि निगमले २०८२ साल फागुन २९ गतेदेखि ७.१ किलोग्राम तौल भएको आधा भरिएको खाना पकाउने ग्यास सिलिन्डर मात्र वितरण गर्दै आएको थियो। निगमका अनुसार हाल बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने ग्यास लोडिङको अवस्थामा सुधार आएको र उपभोक्ताबाट पूरा सिलिन्डरको उच्च माग देखिएकाले फेरि १४.२ किलोग्राम तौल भएको पूरा सिलिन्डर वितरण गर्ने व्यवस्था मिलाइएको हो। निगमले पूरा भरिएको एलपी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य रु २,०६० तोकेको जनाएको छ।…
Read More
पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्नेलाई कडा कारबाही

पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति रोक्नेलाई कडा कारबाही

काठमाडौँ, असार १८ गते । अब उचित कारण बिना पेट्रोलपम्प बन्द गरेर इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही हुने भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गर्दै पेट्रोलपम्प बन्द गर्ने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था लागू गरेको हो। हालै पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै निगमको डिपोबाट इन्धन नउठाएपछि देशभर पेट्रोल र डिजेलको आपूर्ति प्रभावित बनेको थियो। मंगलबारदेखि देखिएको उक्त समस्या बुधबार दिनभर विभिन्न स्थानमा देखिएपछि उपभोक्ताले सास्ती भोग्नुपरेको थियो। घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले तत्काल कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्। त्यसलगत्तै नेपाल आयल निगमको सञ्चालक…
Read More
पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो, नयाँ मूल्य आज रातिदेखि लागू

पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो, नयाँ मूल्य आज रातिदेखि लागू

काठमाडौं, असार १६ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको आधारमा नयाँ मूल्य समायोजन गर्ने निर्णय गरेको हो। निगमका अनुसार नयाँ मूल्य आज राति १ बजेदेखि लागू हुनेछ। नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रहरूमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम…
Read More
हेटौँडामा ड्रागन फ्रुट महोत्सव–२०८३ भव्य सफल : तीन दिनमै १० मेट्रिक टन बिक्री, रु. २५ लाखभन्दा बढी कारोबार

हेटौँडामा ड्रागन फ्रुट महोत्सव–२०८३ भव्य सफल : तीन दिनमै १० मेट्रिक टन बिक्री, रु. २५ लाखभन्दा बढी कारोबार

हेटौडा, असार १४ गते। हेटौँडामा आयोजित तीनदिने “ड्रागन फ्रुट महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। असार ११ देखि १३ गतेसम्म सञ्चालन गरिएको महोत्सवमा करिब रु. २५ लाख बराबरको आर्थिक कारोबार हुनुका साथै करिब १० मेट्रिक टन (१० हजार केजीभन्दा बढी) ड्रागन फ्रुट बिक्री भएको आयोजकले जनाएको छ। महोत्सवले नेपाली फलफूलप्रति उपभोक्ताको आकर्षण र स्थानीय कृषि उत्पादनको बलियो बजार सम्भावना उजागर गरेको छ। हेटौँडा तथा आसपासका जिल्लाबाट आएका उपभोक्ताको उल्लेख्य सहभागिताले स्वदेशी फलफूलको माग बढ्दो अवस्थामा रहेको पुष्टि गरेको आयोजकको भनाइ छ। हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले नेपाली फलफूलको बजार नभएको भन्ने धारणा गलत सावित भएको बताइन्। उनले नेपाली उत्पादनलाई…
Read More
हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

बागमती गाउँपालिका,बैशाख २ गते । आन्तरिक राजस्व कार्यालय हेटौडा र बागमती गाउँपालिका बीच कर प्रशासनलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार अब गाउँपालिकाभित्रैबाट स्थायी लेखा नम्बर (प्यान) प्रदान गरिने भएको छ। यसबाट स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई कर प्रणालीमा आबद्ध गराउँदै राजस्व सङ्कलनलाई थप व्यवस्थित र प्रभावकारी बनाइने लक्ष्य राखिएको छ। गाउँपालिकाभित्र रहेका व्यवसायीहरूलाई करको दायरामा ल्याउने, करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सहजीकरण गर्ने तथा करसम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ। साथै हालसम्म दर्ता नभएका व्यवसायीहरूलाई समेत कर प्रणालीमा समेट्दै राजस्व वृद्धि गर्ने योजना रहेको छ। सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष…
Read More
निर्वाचन परिणामको प्रभाव: नेप्सेमा उछाल, कारोबार सुरु भएको १ मिनेटमै सर्किट ब्रेक

निर्वाचन परिणामको प्रभाव: नेप्सेमा उछाल, कारोबार सुरु भएको १ मिनेटमै सर्किट ब्रेक

काठमाडौँ, फागुन २५ गते । प्रतिनिधि सभा निर्वाचनपछि खुलेको सेयर बजारमा सोमबार उल्लेख्य उत्साह देखिएको छ। कारोबार सुरु भएको केही क्षणमै बजार तीव्र रूपमा उकालो लाग्दा सर्किट ब्रेक समेत लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सुरु भएको करिब १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो। बजार एकैपटक तीव्र गतिमा बढेपछि नियमानुसार २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। सर्किट ब्रेक लाग्दासम्म नेप्से सूचक १०८ अंक अर्थात् करिब ४ प्रतिशतले वृद्धि भई २८२१ अंकमा पुगेको थियो। नेप्सेको व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र बजार ४ प्रतिशतले बढे वा घटेमा सर्किट ब्रेक लगाइने प्रावधान छ। निर्वाचनपछि देशभर मतगणना जारी…
Read More
सुन–चाँदीको मूल्यमा गिरावट, आज दुवै धातु सस्तिए

सुन–चाँदीको मूल्यमा गिरावट, आज दुवै धातु सस्तिए

काठमाडौँ, पुस ४ गते । निरन्तर उकालो लाग्दै आएको सुन–चाँदीको मूल्यमा आज ब्रेक लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा झरेको छ। हिजो सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा ७५ रुपैयाँले घट्दै ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीले हालसम्मकै उच्च मूल्य छोएको थियो, जुन तोलाको ४ हजार ८० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक माग–आपूर्तिको अवस्थाले बहुमूल्य धातुको मूल्यमा यस्तो परिवर्तन आएको व्यवसायीहरू…
Read More
एकैदिन सुन महँगियो, तोलामा पाँच हजार बढी– चाँदीको मूल्य पनि उक्लियो

एकैदिन सुन महँगियो, तोलामा पाँच हजार बढी– चाँदीको मूल्य पनि उक्लियो

काठमाडौं, मंसिर ९ गते । नेपालको सुनचाँदी बजारमा आज एकैदिन उल्लेखनीय मूल्यवृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा ५,२०० रुपैयाँले बढीएको छ। मूल्यवृद्धिपछि छापावाला सुनको कारोबार मूल्य तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ। हिजो मात्रै सुन तोलाको २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको ३,२०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ३,११५ रुपैयाँ थियो। धातु बजारमा यस्तो तीव्र मूल्य वृद्धि वैश्विक आर्थिक अनिश्चितता र अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढावसँग मेल खाने प्रकारको रहेको व्यवसायीहरूको…
Read More
राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा शनिबार प्रदेशगत रूपमा हुँदै

राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा शनिबार प्रदेशगत रूपमा हुँदै

हेटौंडा, मंसिर ५ गते । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा (AGM) आगामी शनिबार, मंसिर ६ गते प्रदेशगत रूपमा सम्पन्न गर्ने भएको छ। यसअघि बैंकले पत्रपत्रिका तथा संस्थागत पत्रमार्फत सूचना प्रकाशित गरिसके पनि कुनै कारणवश सूचना नपुगेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पुनः जानकारी गराइएको बैंकले जनाएको छ। बैंकका अनुसार सबै प्रदेशमा आयोजना हुने सो साधारण सभामा शेयरधनी सदस्य संस्थाहरूको अनिवार्य उपस्थितिको अपेक्षा गरिएको छ। साथै मंसिर ६ गतेको प्रदेशगत एकाई सभामा उपस्थित प्रतिनिधिहरूले मात्र आगामी पौष महिनामा हुने सञ्चालक तथा लेखा समितिको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिएकोले यो महत्वपूर्ण अवसर नछुटाउन विशेष आग्रह गरिएको छ।…
Read More
सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, असोज मसान्तपछि देखि घट्दो क्रम जारी

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, असोज मसान्तपछि देखि घट्दो क्रम जारी

काठमाडौं, कात्तिक १८ गते । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ४ सय रुपैयाँले कम हो। सोमबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। असोज मसान्तपछि सुनको मूल्य लगातार घट्दो क्रममा रहेको छ। असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको सुन हालसम्म झण्डै २० हजार रुपैयाँले सस्तो भएको छ। चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँले कम हो।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.