Breaking News 1

रसुवा–भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै मकवानपुरका राजनीतिक दलले पुष्प अर्पण गर्ने

रसुवा–भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै मकवानपुरका राजनीतिक दलले पुष्प अर्पण गर्ने

हेटौंडा, भदौ १९ गते । रसुवा–भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति मकवानपुरमा क्रियाशील राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गरेका छन्। मकवानपुरस्थित विभिन्न राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको जीवनरक्षा, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी, समन्वयात्मक र तीव्र बनाउन राज्यका सम्पूर्ण संयन्त्र तथा राजनीतिक दलहरूबीच आवश्यक सहकार्य र एकताको आवश्यकता रहेको बताएका छन्। विपद्मा हराइरहेकाहरूको सकुशल उद्धार तथा खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न संयुक्त रूपमा पुष्प अर्पण कार्यक्रम आयोजना गर्न लागिएको विज्ञप्तिमा…
Read More
रसुवा बाढीपीडितका लागि राहत संकलनमा साथ दिन मनहरी गाउँपालिकाको अपिल

रसुवा बाढीपीडितका लागि राहत संकलनमा साथ दिन मनहरी गाउँपालिकाको अपिल

मनहरी, भदौ १७ गते । मनहरी गाउँपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका गैरसरकारी संस्था तथा विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूसँग वार्षिक समीक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा गैरसरकारी तथा सरोकारवाला संस्थाहरूले सञ्चालन गरेका कार्यक्रम र गतिविधिको समीक्षा गरिएको हो । कार्यक्रममा मनहरी गाउँपालिकाले रसुवामा भाद्र १० गते आएको बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन गरिरहेको राहत संकलन अभियानमा सहयोग गर्न सबै संघसंस्था तथा सरोकारवालालाई अपिलसमेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रन्जन कालाखेतीले पालिकाको नेतृत्वमा रसुवा बाढीपीडितलाई लक्षित गरी राहत संकलन भइरहेको जानकारी दिँदै मानवीय सहयोगको अभियानमा सहभागी हुन सबैलाई…
Read More
हेटौंडामा EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते, सबैको हेटौंडा अस्पतालमा उपचार हुँदै

हेटौंडामा EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते, सबैको हेटौंडा अस्पतालमा उपचार हुँदै

हेटौंडा, भदौ १४ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गमा यात्रुबाहक EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १२ः३० बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज. ०६९७ नम्बरको यात्रुबाहक EV र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको यात्रुबाहक सुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना तथा EV चालकसहित EV मा सवार ५ जना गरी ११ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल, मकवानपुरमा ल्याइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये सुमो चालक पर्सा बिन्दवासिनी गाउँपालिका–३ का करिब ३४ वर्षीय रविन्द्र उपाध्यायको दुवै खुट्टा र ढाडमा…
Read More
सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ सार्वजनिक

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ सार्वजनिक

काठमाडौं, भदौ ६ गते । लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वरमा रहेको गीतमा प्रेमभावसँगै नेपाली मौलिक संस्कृति र परिवेशलाई समेत प्रस्तुत गरिएको छ। नेत्र अर्यालको शब्दरचना रहेको गीतमा खेम सेन्चुरीले संगीत तथा हुकलाइन तयार गरेका छन्। गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका हुन् भने संगीत संयोजन एचबीएन किस्मतले गरेका छन्। सुनिल बीकेको निर्देशनमा तयार भएको गीतको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन्। नेपाली मौलिक पहिरनसँगै चितवनको पर्यटकीय गन्तव्य सौराहाको प्राकृतिक सुन्दरतालाई भिडियोमा समेटिएको छ। प्राकृतिक परिवेश र सांस्कृतिक पहिरनको संयोजनले गीतको भावलाई थप आकर्षक…
Read More
‘ढिला होला तर गलत हुँदैन’ : प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश– ‘सही समयको प्रतीक्षामा रहन’ आग्रह

‘ढिला होला तर गलत हुँदैन’ : प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश– ‘सही समयको प्रतीक्षामा रहन’ आग्रह

काठमाडौं, साउन २२ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत अर्थपूर्ण सन्देश सार्वजनिक गर्दै धैर्य, सत्य र संघर्षप्रति विश्वास राख्न आग्रह गरेका छन्। उनको संक्षिप्त तर गहिरो अभिव्यक्तिले सामाजिक तथा राजनीतिक वृत्तमा व्यापक चासो र चर्चा उत्पन्न गरेको छ। प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्, "केही समय लाग्छ सही समय आउनलाई। ढिला होला तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोट होइन।" प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई धेरैले पछिल्ला राजनीतिक तथा प्रशासनिक घटनाक्रमसँग जोडेर हेरेका छन्। यद्यपि उनले स्टाटसमा कुनै व्यक्ति, संस्था वा घटनाको नाम उल्लेख नगरेकाले यसको सन्दर्भ खुलाइएको छैन।…
Read More
‘सुरक्षित हेटौँडा र लागू औषध नियन्त्रित हेटौँडा’ बनाउन सबैको सहकार्य आवश्यक : वडाध्यक्ष नवीन सिग्देल

‘सुरक्षित हेटौँडा र लागू औषध नियन्त्रित हेटौँडा’ बनाउन सबैको सहकार्य आवश्यक : वडाध्यक्ष नवीन सिग्देल

हेटौँडा, साउन २१ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले पछिल्लो समय हेटौँडामा भइरहेका रहस्यमय हत्या तथा लागू औषधसँग सम्बन्धित घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षित समाज निर्माणका लागि सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष सिग्देलले हेटौँडामा केही समययता रहस्यमय हत्या प्रकरणहरू बढ्दै गएको तथा लागू औषध कारोबार र प्रयोगसँग सम्बन्धित घटनामा प्रहरीद्वारा दिनहुँ व्यक्तिहरू पक्राउ परिरहेको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन्। उनले खुला रूपमा मात्र होइन, लुकिछिपी हुने लागू औषध कारोबार अझ व्यापक हुन सक्ने संकेत गर्दै यसको प्रभावकारी नियन्त्रणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। वडाध्यक्ष…
Read More
सिमलतालमा सामान्य लेदो बगे पनि मुग्लिन–नारायणगढ सडक खुला, सतर्क भएर मात्रै यात्रा गर्न आग्रह

सिमलतालमा सामान्य लेदो बगे पनि मुग्लिन–नारायणगढ सडक खुला, सतर्क भएर मात्रै यात्रा गर्न आग्रह

चितवन, साउन १७ गते । लगातार सिमसिम वर्षा भइरहेका बेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधनको आवागमन सञ्चालनमा रहेको छ। सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ८:४५ बजेसम्म सडक पूर्ण रूपमा सञ्चालनमा रहे पनि पहिरोको जोखिम भने यथावत् रहेको छ। सडक डिभिजनले दिएको जानकारीअनुसार पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सडक विभागले पहिरोग्रस्त स्थानहरूको पहिचान गरी विभिन्न संवेदनशील क्षेत्रमा अपरेटरसहितका हेभी मेसिन तथा उपकरण तैनाथ अवस्थामा राखेको छ। आवश्यकता परे तत्काल सडक खुलाउन तयारी अवस्थामा जनशक्ति र उपकरण परिचालन गरिने जनाइएको छ। त्यसैगरी, सिमलताल क्षेत्रमा सामान्य लेदो बगिरहेको भए पनि हालसम्म सवारी आवागमनमा कुनै अवरोध सिर्जना भएको छैन। यद्यपि निरन्तर वर्षाका कारण जुनसुकै बेला…
Read More
“योजना होइन, बजेट सक्ने प्रतिस्पर्धा चलिरहेको छ” – सामाजिक अभियन्ता विशालराज महतको कटाक्ष

“योजना होइन, बजेट सक्ने प्रतिस्पर्धा चलिरहेको छ” – सामाजिक अभियन्ता विशालराज महतको कटाक्ष

हेटौँडा, साउन १५ गते । सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले विकास निर्माणका नाममा भइरहेको सार्वजनिक बजेट खर्चप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै आवश्यकता, दीर्घकालीन योजना र गुणस्तरभन्दा पनि बजेट सक्ने प्रवृत्तिले स्थानीय विकासलाई कमजोर बनाइरहेको बताएका छन्। महतले विकास निर्माणका कार्यहरू दिगो हुनुपर्नेमा जोड दिँदै, आवश्यकता भन्दा बढी खर्च गरेर गुणस्तरको नयाँ परिभाषा लेख्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्। उनका अनुसार मोटा–मोटा ल्याप (डामरको तह) राख्न र हटाउन समेत मेसिन प्रयोग गरिनु विकासको नाममा स्रोतको दुरुपयोग भएको संकेत हो। उनले आज निर्माण गर्ने र भोलि फेरि भत्काउने प्रवृत्तिलाई…
Read More
सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

काठमाडौँ, साउन १२ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घटनामा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई यसै देशका एक नागरिकका रूपमा पनि सुनसरीका घटनाक्रमबाट अत्यन्त दुःखी भएको उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचार र प्रभावित परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्। प्रधानमन्त्री शाहले घटनामा सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु तथा अन्य नागरिक घाइते हुनु कुनै पनि…
Read More
नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौँडा, साउन ११ गते । नागढुङ्गा सुरुङमार्ग उद्घाटनलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका बेला सामाजिक अभियन्ता तथा ‘सेवा, सहयोग र आवाज’ अभियानका अध्यक्ष विशालराज महतले लामो समयदेखि अलपत्र रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजना र त्यसमा डुबेको सर्वसाधारणको लगानीबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार वि.सं. २०६९ सालमा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (NPBCL) ले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्ने घोषणा गर्दै सर्वसाधारणबाट लगानी संकलन गरेको थियो। विकासको सपना देखाउँदै हजारौँ नागरिकलाई परियोजनामा सहभागी गराइएको भए पनि १४ वर्ष बितिसक्दा पनि आयोजना निर्माण हुन नसकेको उनको भनाइ छ। उनका अनुसार उक्त परियोजनाका लागि करिब…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.