Breaking News 1

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौँडा, असार २७ गते । सेवा, सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले हेटौँडा उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै जनताका गम्भीर सवाललाई बेवास्ता गरिएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले बजेट सार्वजनिक गरिसकेपछि आयोजना गरिएको सार्वजनिक सुनुवाइ औपचारिकतामा मात्र सीमित भएको टिप्पणी गरेका छन्। जनताले उठाएका गम्भीर विषयमा स्पष्ट जवाफ नदिई कार्यक्रम सम्पन्न गरिनु सार्वजनिक सुनुवाइको उद्देश्यविपरीत भएको उनको भनाइ छ। महतले शिवम् सिमेन्ट उद्योगबाट फैलिने धुलोका कारण स्थानीय बासिन्दा तथा विद्यालयमा अध्ययनरत बालबालिकाले दैनिक रूपमा समस्या भोगिरहेको उल्लेख गर्दै यस विषयमा सार्वजनिक सुनुवाइका लागि पत्र बुझाउँदा र कार्यक्रमअघि सम्बन्धित…
Read More
सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

काठमाडौं, असार २६ गते । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने उद्देश्यले सरकारले पछिल्लो समय अघि बढाएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गोर्खापत्र संस्थानमा करिब २० वर्षदेखि करार सेवामा कार्यरत पत्रकारहरूको करार अवधि असार मसान्तमा सकिन लागेको उल्लेख गर्दै उनीहरूको करार नवीकरण गर्नुको सट्टा नयाँ करार कर्मचारी भर्नाका लागि सूचना प्रकाशित गरिएकोप्रति आपत्ति जनाएको हो। महासङ्घका अनुसार गोर्खापत्र संस्थान सेवा शर्त नियमावली, २०८२ ले करार नियुक्ति गर्दा कार्यविधि बनाएर मात्रै नियुक्ति गर्नुपर्ने व्यवस्था गरेको भए पनि संस्थान प्रशासनले त्यसको पालना नगरी पाँच दिनको मात्र समयसीमा राखेर नयाँ…
Read More
हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

हेटौंडा, असार २५ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित भित्री सडकमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० आनन्दटोल निवासी करिब २१ वर्षीय सागर स्याङ्तान रहेका छन्। प्रहरीका अनुसार हिजो अपराह्न करिब ४:३० बजे बुद्धचोकबाट नमुनाचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ७२७२ नम्बरको स्कुटर तीव्र गतिका कारण चालकको नियन्त्रणबाट बाहिरिएर स्थानीय राजु नेपालीको घरको पिँढीमा ठोक्किएको थियो। दुर्घटनामा स्कुटर चालक स्याङ्तान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको भए पनि साँझ करिब ५:५५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।…
Read More
मकवानपुरमा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुरमा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा, असार २४ गते । मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतबाट खटिएको प्रहरी टोलीले सोमबार (असार २३ गते) साँझ नियमित चेकजाँचका क्रममा हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टबाट बारा जिल्लाको निजगढ नगरपालिका–२ निवासी २५ वर्षीय आर.एन. घिमिरेलाई पक्राउ गरेको हो। उनको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल (Tramadol) ५४० क्याप्सुल र नाइट्राजेपाम (Nitrazepam) ४८ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी, हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा गरिएको चेकजाँचका क्रममा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० निवासी ३७ वर्षीय देव श्रेष्ठलाई पक्राउ गरिएको छ। उनको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २४० मिलिग्राम बरामद भएको…
Read More
नयाँ राहदानी प्रणाली लागू हुँदै, असार २४ देखि २८ गतेसम्म मकवानपुरमा राहदानी सेवा बन्द

नयाँ राहदानी प्रणाली लागू हुँदै, असार २४ देखि २८ गतेसम्म मकवानपुरमा राहदानी सेवा बन्द

हेटौंडा, असार २३ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारीस्वरूप असार २४ गतेदेखि २८ गतेसम्म जिल्लाभर राहदानीसम्बन्धी सम्पूर्ण सेवा स्थगित हुने जनाएको छ। कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार राहदानी विभागले असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। सोही तयारीका कारण चार दिनसम्म राहदानीसम्बन्धी सबै सेवा बन्द रहने जनाइएको हो। प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेलद्वारा जारी सूचनामा यसअघि राहदानीका लागि आवेदन दिएका तर विभिन्न कारणले आवेदन अस्वीकृत भई पुनः आवेदन गर्नुपर्ने सेवाग्राहीलाई असार २३ गते कार्यालय समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ। यस्तै, राहदानी विभागबाट छपाइ भएर जिल्ला प्रशासन कार्यालयमा प्राप्त भइसकेका…
Read More
हेटौँडामा आईटी पार्क बन्ने, सूचना प्रविधिको केन्द्रका रूपमा विकास हुने अपेक्षा

हेटौँडामा आईटी पार्क बन्ने, सूचना प्रविधिको केन्द्रका रूपमा विकास हुने अपेक्षा

हेटौँडा, असार २२ गते । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा आधुनिक आईटी पार्क (पब्लिक नलेज सेन्टर) निर्माण हुने भएको छ । बाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले परियोजनाको डिपिआर तथा निर्माण कार्यका लागि बजेट विनियोजन गरेसँगै हेटौँडालाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्ने आधार तयार भएको हो । वडा कार्यालयको पहल तथा समन्वयमा अघि बढाइएको यस योजनाका लागि बाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय दिनेशचन्द्र देवकोटाले आवश्यक निर्णय गरेका हुन् । स्थानीयवासी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले यस कदमलाई हेटौँडाको भविष्यसँग जोडिएको महत्वपूर्ण योजनाका रूपमा लिएका छन् । निर्माण हुन लागेको आईटी पार्कले सूचना तथा…
Read More
औपचारिक श्रमिकको क्षमता विकासमा हेटौँडा उपमहानगरको पहल

औपचारिक श्रमिकको क्षमता विकासमा हेटौँडा उपमहानगरको पहल

हेटौँडा, असार २० गते । हेटौँडा उपमहानगरपालिकाले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित, सचेतना तथा क्षमता विकासलाई लक्षित गर्दै एक दिने सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। हेटौँडा–२ स्थित पल्सा प्याराडाइजमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत औपचारिक श्रमिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम सामाजिक विकास महा शाखा प्रमुख डा. भीम प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो। हेटौँडा उपमहानगरपालिका र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) हेटौँडा, मकवानपुरको समन्वय तथा व्यवस्थापनमा सञ्चालन गरिएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अधिकार संरक्षण, क्षमता…
Read More
एमालेको ‘मिसन पार्टी जागरण’ अभियानले संगठन सुदृढीकरणमा जोड

एमालेको ‘मिसन पार्टी जागरण’ अभियानले संगठन सुदृढीकरणमा जोड

हेटौँडा, असार १९ गते । नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले पार्टी संगठनलाई थप सशक्त, व्यवस्थित र अनुशासित बनाउन ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरिएको बताएका छन् । हेटौँडा–४ वडा कमिटीको बैठकलाई सम्बोधन गर्दै सिग्देलले पार्टीभित्र शुद्धीकरण, संगठन सुदृढीकरण तथा नेता–कार्यकर्तालाई सक्रिय बनाउने उद्देश्यसहित अभियान अघि बढाइएको बताए । उनले देश, जनता र पार्टीमाथि आउने चुनौती सामना गर्दै एमालेलाई अझ बलियो बनाउने अभियानको मुख्य लक्ष्य रहेको उल्लेख गरे । उनले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै जनताले ठूलो आशा र अपेक्षाका साथ रास्वपालाई समर्थन गरे पनि सरकारमा पुगेपछि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । सुकुम्बासीमाथिको व्यवहार, मूल्यवृद्धि, राष्ट्रहित…
Read More
हेटौंडामा विद्युत उपयोग अभिवृद्धिका लागि सीपमूलक तालिम सुरु

हेटौंडामा विद्युत उपयोग अभिवृद्धिका लागि सीपमूलक तालिम सुरु

हेटौंडा, असार १८ गते । एमसिए साझेदारी कार्यक्रम अन्तर्गत विद्युत उपयोग अभिवृद्धि गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकामा सीपमूलक क्षमता विकास तालिम सुरु गरिएको छ। कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले गरेकी हुन्। प्रशारण लाइनबाट प्रभावित वडा नम्बर १, ३, १०, ११ र १९ का स्थानीय सहभागीहरूलाई लक्षित गर्दै जनरल कुक, मोबाइल मर्मत, बारिष्टा तथा ब्युटी पार्लर सम्बन्धी ६५ दिने तालिम सञ्चालन गरिएको जनाइएको छ। तालिम उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देल, वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा तथा वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा वक्ताहरूले…
Read More
फिचर लेखन प्रतियोगितामा राससकी अञ्जली थापा सर्वोत्कृष्ट

फिचर लेखन प्रतियोगितामा राससकी अञ्जली थापा सर्वोत्कृष्ट

हेटौंडा, असार १८ गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सम्पन्न फिचर लेखन प्रतियोगितामा राष्ट्रिय समाचार समिति (रासस) मकवानपुरकी संवाददाता अञ्जली थापा सर्वोत्कृष्ट घोषित भएकी छन्। बिहीबार हेटौंडामा आयोजित एक समारोहबीच प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै थापालाई ४५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो। प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव समेत रहेकी थापाले कृषि विषयलाई केन्द्रमा राख्दै ‘गुन्द्रुकको गृह उद्योग’ सम्बन्धी फिचर प्रस्तुत गरेकी थिइन्। प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको विकासलाई प्राथमिकतामा राखेर फिचर लेखन गर्नुपर्ने मापदण्ड तय गरिएको थियो। प्रतियोगितामा कृष्ण विष्ट (सुनिता), नवीन राउत, रुपक कालिराज, प्रतिक्षा न्यौपाने, आरती ढकाल, सन्तोष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.