समाचार

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

काठमाडौँ, कात्तिक २९ गते । जेन जि मुभमेन्ट नेपाल आज दिउँसो २ बजे काठमाडौँको बल्खुमा खुला नागरिक संवादसभा गर्न लागेको छ। आयोजक समूहले पछिल्ला दिनमा तीव्र बन्दै गएको युवा चेतना, सामाजिक रूपान्तरणका माग र नयाँ पुस्ताले अघि सारेका राजनीतिक एजेन्डाबारे साझा धारणा बनाउने उद्देश्य सभाले अघि सारेको बताएको छ। आयोजकका अनुसार विभिन्न पेशा–व्यवसायमा संलग्न नागरिक, युवा प्रतिनिधि, तथा सरोकारवाला समूहहरूको उपस्थिति अपेक्षित छ। सभामा सहभागीले आफ्ना अनुभव, गरिबी, अवसरको अभाव, शिक्षामा असमानता, राज्यप्रतिको विश्वास संकट लगायतका विषयमा खुला रुपमा मत राख्न सक्ने व्यवस्था गरिएको छ। संवादलाई मुख्य औजार मानेर अघि बढिरहेको जेन जि मुभमेन्ट नेपालले यो सभालाई “परिवर्तनका आवाजहरू एउटै…
Read More
भारतसँगको विद्युत् सम्झौतामा अनियमितता : जेन जि मुभमेन्टको सरकारलाई कडा चेतावनी

भारतसँगको विद्युत् सम्झौतामा अनियमितता : जेन जि मुभमेन्टको सरकारलाई कडा चेतावनी

काठमाडौं, कात्तिक २६ गते । जेन जि मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालमाथि भारतको कम्पनी पीटीसी इन्डिया सँग गैरकानुनी विद्युत् खरिद सम्झौता गरेको आरोप लगाउँदै ती दुबै जनाविरुद्ध कडा कारबाहीको माग गरेको छ। मुभमेन्टका अनुसार करिब ४३ करोड रुपैयाँ बराबरको यो सम्झौता विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको र यसले “राष्ट्रिय स्वाधीनता तथा सार्वजनिक हितमाथि प्रत्यक्ष प्रहार” गरेको छ। सङ्गठनले सार्वजनिक गरेको प्रेस वक्तव्यमा भनिएको छ, “मन्त्री र प्राधिकरण प्रमुखको मिलेमतोमा गरिएको यो सम्झौता राष्ट्रघाती र भ्रष्टाचारको स्पष्ट उदाहरण हो।” वक्तव्यमा यो घटनालाई “देशको स्वार्थ बेच्ने आपराधिक कदम” भन्दै…
Read More
नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग, नयाँ राजनीतिक पुनर्संरचनाको संकेत

नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग, नयाँ राजनीतिक पुनर्संरचनाको संकेत

काठमाडौं, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समाजवादी मोर्चाबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेको छ। पार्टीका महासचिव विप्लवसीले बुधबार जारी वक्तव्यमा मोर्चाको औपचारिक समाप्तिसँगै नेकपा अलग भएको जानकारी दिएका हुन्। २०८० सालमा राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जन जीविकाको संरक्षण र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने उद्देश्यका साथ बनेको समाजवादी मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरे पनि, अपेक्षित गति लिन नसकेको नेकपाको निष्कर्ष वक्तव्यमा उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ, “जिन जि विद्रोहपछि नेपालको राजनीतिक परिवेशमा व्यापक रूपान्तरण आएको छ। नयाँ राजनीतिक बहस र एकताको आवश्यकता तीव्र रूपमा महसुस भएको अवस्थामा समाजवादी मोर्चाको औपचारिक भूमिका समाप्त भएको हाम्रो…
Read More
त्रिवि किर्तिपुरमा २५ दिनको श्रमदानपछि जंगल सफा — मन्त्री डा. महावीर पुनको पहलमा सुन्दर पार्क बन्ने तयारी

त्रिवि किर्तिपुरमा २५ दिनको श्रमदानपछि जंगल सफा — मन्त्री डा. महावीर पुनको पहलमा सुन्दर पार्क बन्ने तयारी

काठमाडौं, कात्तिक २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत त्रिभुवन विश्वविद्यालय, किर्तिपुर परिसरभित्र करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको जंगल क्षेत्रमा श्रमदान गर्न स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरुलाई आह्वान गरेका छन्। उहाँको आह्वानपछि सुरू गरिएको श्रमदान अभियान अन्तर्गत करिब २५ दिनको निरन्तर प्रयासमा श्रमदाताहरूद्वारा त्यहाँको झाडी लगभग पूर्ण रूपमा फडानी गरिएको छ। अभियानमा सहभागी हुने अधिकांश श्रमदाताहरू बाहिरी जिल्लाबाट आएका स्वयंसेवक रहेका छन्। डा. पुनका अनुसार अब उक्त क्षेत्रलाई हरियाली, सफाइ र सार्वजनिक उपयोगका लागि सुन्दर पार्कका रूपमा विकास गर्ने योजना बनिरहेको छ। यस परियोजनाबाट विश्वविद्यालय परिसरभित्रको वातावरण सुधार हुनुका साथै विद्यार्थी र स्थानीय…
Read More
विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

काठमाडौं, कात्तिक २४ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले विद्यालय, विश्वविद्यालय र सिटिइभिटी जस्ता शिक्षण संस्थामा भइरहेको राजनीतिक हस्तक्षेप र चलखेलका विरुद्ध कडा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत मन्त्री पुनले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने भए पनि राजनीतिक पार्टीहरूको संरक्षणमा शैक्षिक संस्थाको सञ्चालनमा बाधा पुर्‍याउने, विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनका अनुसार शिक्षण संस्थामा देखिएको अस्तव्यस्तता र अनावश्यक राजनीतिक गतिविधिबाट विद्यार्थी र अभिभावक दुवै त्रसित भएका छन्। “त्यस्तो अनावश्यक राजनीति र चलखेल पनि भ्रष्टाचारकै रूप हो,” मन्त्री पुनले भनेका छन्। उनी थप्छन्, “अब फाल्गुन २१ गते हुने चुनावको…
Read More
पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

रौतहट, कात्तिक २३ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको निधनप्रति सम्मानस्वरूप रौतहट जिल्लाका चार नगरपालिकामा आइतबार एकदिने शोक बिदा दिइएको छ। शनिबार बिहान २ः५८ बजे काठमाडौँको केएमसी अस्पताल, सिनामङ्गलमा उपचारका क्रममा पूर्वमन्त्री आलमको निधन भएपछि राजपुर, परोहा, इशनाथ र बौधीमाइ नगरपालिकाले आफ्ना मातहतका कार्यालय तथा शिक्षण संस्थाहरू आइतबार बन्द राख्ने निर्णय गरेका हुन्। राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरद्वारा जारी सूचनाअनुसार नगर प्रमुख मोहम्मद डा. राजिक आलमका पिता एवम् पूर्वमन्त्री आलमको निधनमा नगरपालिकाभर शोक बिदा दिइएको छ। त्यस्तै, परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले जारी सूचना मार्फत् रौतहट क्षेत्र नं. २ का पूर्व…
Read More
जेन जी आन्दोलनपछि सहयोगको उदाहरण : कमल गाउँपालिकाद्वारा तीन सवारी साधन हस्तान्तरण

जेन जी आन्दोलनपछि सहयोगको उदाहरण : कमल गाउँपालिकाद्वारा तीन सवारी साधन हस्तान्तरण

झापा, कमल गाउँपालिका, कात्तिक २२ गते । जेन जी आन्दोलनका कारण देशभरका स्थानीय तहहरू अस्तव्यस्त भइरहेका बेला झापाको कमल गाउँपालिकाले सहयोगको नयाँ उदाहरण प्रस्तुत गरेको छ। आन्दोलनका क्रममा सवारी साधन नष्ट भएका छिमेकी पालिकाहरू र प्रहरी कार्यालयलाई तीनवटा सवारी साधन प्रदान गरेर कमल गाउँपालिका प्रदेशकै नमुना पालिका बनेको हो। गाउँपालिकाले गौरादह नगरपालिकालाई को.बा.झ. ८४७६ नम्बरको स्कोर्पियो, दमक नगरपालिकालाई प्रदेश १–०१÷०२–००१ झ २७६, र इलाका प्रहरी कार्यालय दमकलाई प्रदेश १–०१÷०१–झ ७३० नम्बरका स्कोर्पियो गाडी उपलब्ध गराएको अध्यक्ष हुकुमसिंह राईले बताएका छन्। अध्यक्ष राईका अनुसार, “छिमेकी पालिकाहरू अप्ठेरोमा परेका बेला सहयोग गर्नु हाम्रो कर्तव्य हो। यसै भावनाले हामीले सवारी साधनहरू प्रदान गरेका…
Read More
गोकर्णेश्वर नगरपालिकाबाट प्रहरी वृत्त बौद्धलाई दुई मोटरसाइकल र ट्राफिक सामग्री हस्तान्तरण

गोकर्णेश्वर नगरपालिकाबाट प्रहरी वृत्त बौद्धलाई दुई मोटरसाइकल र ट्राफिक सामग्री हस्तान्तरण

काठमाडौँ, कात्तिक २२ गते । गोकर्णेश्वर नगरपालिकाले प्रहरी वृत्त बौद्धलाई दुई थान मोटरसाइकल र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विभिन्न सामग्री हस्तान्तरण गरेको छ। नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको उपस्थितिमा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्। नगर प्रमुख रिसालले नगर क्षेत्रको ट्राफिक व्यवस्थापन सुदृढ बनाउन र प्रहरी सेवाको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गरिएको बताए। कार्यक्रममा उपस्थित प्रहरी उपरीक्षक भट्टराईले गोकर्णेश्वर नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरी सेवा अझ प्रभावकारी र जनमुखी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।
Read More
राष्ट्रिय संकटको समाधानका लागि वाम प्रगतिशील मोर्चा गठनतर्फ पहल, तीन नेताको संयुक्त आह्वान

राष्ट्रिय संकटको समाधानका लागि वाम प्रगतिशील मोर्चा गठनतर्फ पहल, तीन नेताको संयुक्त आह्वान

काठमाडौं, कार्तिक २१ गते । मुलुकमा बढ्दो राजनीतिक अन्योल, अस्थिरता र जनआक्रोशको पृष्ठभूमिमा तीन वामपन्थी धारका शीर्ष नेताहरू— नेकपा महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले संयुक्त प्रेस वक्तव्य जारी गर्दै वाम, प्रगतिशील र देशभक्त शक्तिहरूबीच बृहत् मोर्चाबन्दीको पहल थालेका छन्। वक्तव्यमा हाल सत्तासिन नेताहरू गैरजिम्मेवार बन्दै गएको र पुराना दलहरू सुधारका प्रयासमा असफल भएको आरोप लगाइएको छ। दलहरूको कमजोर नेतृत्व र गैरउत्तरदायी व्यवहारका कारण जनताको विश्वास गुम्दै गएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “गत भदौ २३ गतेको जेन जि आन्दोलन र २४ गतेको विध्वंश रोक्न दलहरू असफल भए, जसले…
Read More
प्रहरी महानिरीक्षक खापुङद्वारा किरिया पुत्री भवनको शिलान्यास, प्रहरी परिवारका लागि नयाँ सुविधा केन्द्र निर्माण सुरू

प्रहरी महानिरीक्षक खापुङद्वारा किरिया पुत्री भवनको शिलान्यास, प्रहरी परिवारका लागि नयाँ सुविधा केन्द्र निर्माण सुरू

काठमाडौं, कात्तिक १७ गते । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी पहल अन्तर्गत निर्माण हुन लागेको ‘किरिया पुत्री भवन’ को शिलान्यास गरेको छ। काठमाडौं महानगरपालिका–३, महाराजगंजस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा निर्माण हुन लागेको उक्त भवन प्रहरी परिवारका बहालवाला तथा अवकाशप्राप्त सदस्यहरूलाई दुःखद निधनका बेला किरिया पुत्री संस्कार गर्न सहजता प्रदान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो। शिलान्यास समारोहमा आईजीपी खापुङ्गले प्रहरी सदस्यहरूको सेवा–सुविधा र कल्याणका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै भवन निर्माणपछि त्यसबाट प्रवाह हुने सेवालाई अझ परिष्कृत र व्यवस्थापित बनाइने बताएका छन्। सो अवसरमा प्रहरी कल्याण महाशाखाका प्रहरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.