२०८३ आश्विन २५, आईतवार २०:४६
२०८३ आश्विन २५, आईतवार २०:४६
गोरखा, असोज २५ गते । गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङको बीचमा आइतबार बिहान गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बुढीगण्डकी हाइड्रोको क्याम्प क्षेत्र, निर्माण उपकरण तथा आसपासका घरहरू बगाएको छ। घटनापछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका साथै क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। प्रधानमन्त्री शाहका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय…