२०८३ आश्विन २४, शनिबार २१:३४
२०८३ आश्विन २४, शनिबार २१:३४
हेटौँडा, असोज २४ गते । नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले राष्ट्रिय हित, स्वाधीनताको रक्षा र नेपाली भूमिको संरक्षणका लागि नेकपा एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका–१७ नम्बर वडा कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सिग्देलले एमाले सरकारमा रहँदा विदेशी हस्तक्षेप र चलखेलको अन्त्य, राष्ट्रिय स्वाधीनताको रक्षा तथा मिचिएको नेपाली भूमि फिर्ता गर्न पहल भएको दाबी गरे । वर्तमान प्रधानमन्त्रीले गरिमामय संसद्मा नेपालले भारतीय भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै सिग्देलले त्यसले नेपाली राष्ट्रियता र स्वाधीनतामाथि प्रहार गरेको आरोप लगाए । मुलुकमा महँगी, हत्या–हिंसा र बेथिति बढ्दै जाँदा जनताको दैनिक जीवन कष्टकर…