मकवानपुरमा श्रम संस्कृति पार्टीले पहिलोपटक देउसी–भैलो कार्यक्रम गर्दै, पदमपोखरीदेखि कमानेसम्म घरदैलो अभियान

हेटौंडा, कार्तिक २१ गते । श्रम संस्कृति पार्टीले नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मकवानपुरमा पहिलोपटक देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।

श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुन्दर लामा (बज्यु) का अनुसार यही कात्तिक २३ र २४ गते दुई दिनसम्म विशेष सांस्कृतिक कार्यक्रम सहित देउसी–भैलो अभियान सञ्चालन गरिनेछ।

कार्यक्रमअन्तर्गत मकवानपुरको पदमपोखरी, रातोमाटे, हटिया र कमानेलगायतका क्षेत्रमा पुगेर स्थानीय बासिन्दाको घरदैलोमा देउसी–भैलो खेलिने जनाइएको छ।

पार्टीले यस वर्ष पहिलो पटक सांस्कृतिक पहिचान झल्काउने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गर्न लागेको हो। नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावलाई जीवन्त राख्दै स्थानीय समुदायसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कार्यक्रमको उद्देश्य रहेको पार्टीका जिल्ला इन्चार्ज लामाले बताएका छन्।

सामाजिक सञ्जाल मार्फत कार्यक्रमबारे जानकारी दिँदै लामाले स्थानीय बासिन्दालाई कार्यक्रममा साथ, सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्। उनले घरदैलोमा पुग्ने पार्टीको सांस्कृतिक अभियानलाई सबैले पूर्ण साथ र सहयोग गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

पार्टीले राजनीतिक गतिविधिसँगै नेपाली मौलिक कला, संस्कृति र पहिचानको संरक्षणमा पनि जोड दिँदै देउसी–भैलो कार्यक्रमलाई सांस्कृतिक अभियानका रूपमा अघि बढाउन लागेको देखिन्छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुन्दर लामा (बज्यु) लाई ९८५५०७७८७२ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.