हेटौँडा–१० मा स्ट्रीट फुड क्षेत्र निर्माण अन्तिम चरणमा, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

हेटौँडा, मंसिर ११ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन स्ट्रीट फुड (Street Food) क्षेत्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण, पर्यटन विकास तथा स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्माण भइरहेको उक्त संरचना छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

हेटौँडा–१० स्थित बसपार्कबाट प्रदेश प्रमुखको कार्यालय हुँदै न्युरेनी जाने सडक खण्डमा निर्माण भइरहेको स्ट्रीट फुड क्षेत्रलाई व्यवस्थित व्यापारिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने, साना तथा घरेलु उद्यमीलाई व्यवसाय गर्ने अवसर प्रदान गर्ने र हेटौँडामा घुमफिर तथा खानपानका लागि आकर्षक वातावरण तयार गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो।

निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन अहिले तीव्र गतिमा काम भइरहेको हेटौँडा उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष फुर्बा दोर्जे लामाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

स्ट्रीट फुड क्षेत्र सञ्चालनमा आएपछि स्थानीय उद्यमशीलता प्रवर्द्धन हुनुका साथै रोजगारी सिर्जना, साना व्यवसायको विकास र आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, व्यवस्थित रूपमा खानपान तथा घुमफिर गर्न सकिने नयाँ गन्तव्य थपिँदा हेटौँडाको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

वडा नं. १० ले व्यवस्थित वडा र सुन्दर हेटौँडा निर्माणको अभियानअन्तर्गत अघि बढाएको यस योजनाले स्थानीय उत्पादन, व्यवसाय र पर्यटनलाई एउटै स्थानमा जोड्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडा–१० मा स्ट्रीट फुड क्षेत्र निर्माण अन्तिम चरणमा, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

हेटौँडा–१० मा स्ट्रीट फुड क्षेत्र निर्माण अन्तिम चरणमा, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

हेटौँडा–१० मा स्ट्रीट फुड क्षेत्र निर्माण अन्तिम चरणमा, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

हेटौंडामा ट्रकको चक्काले किच्दा मोटरसाइकलमा सवार ६४ वर्षीया महिलाको मृत्यु, श्रीमान् घाइते

हेटौँडा–१० मा स्ट्रीट फुड क्षेत्र निर्माण अन्तिम चरणमा, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही निर्वाचित, युवा नेतृत्व र सामाजिक रूपान्तरणलाई प्राथमिकता

हेटौँडा–१० मा स्ट्रीट फुड क्षेत्र निर्माण अन्तिम चरणमा, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

हेटौंडाको द डोर होटलमा मध्यराति आगलागी, ४३ लाख रुपैयाँ बराबरको क्षति

हेटौँडा–१० मा स्ट्रीट फुड क्षेत्र निर्माण अन्तिम चरणमा, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

माओवादी मकवानपुरद्वारा १२औँ पार्टी पुनर्गठन दिवस र २६औँ जनमुक्ति सेना स्थापना दिवस मनाइयो, आश्रमलाई सहयोग हस्तान्तरण

हेटौँडा–१० मा स्ट्रीट फुड क्षेत्र निर्माण अन्तिम चरणमा, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

वडाध्यक्ष नवीन सिग्देलको भनाइ : ‘दलीय व्यवस्थामा व्यक्ति होइन, संस्था प्रधान हुन्छ’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.