२०८३ आश्विन २५, आईतवार २३:४२
२०८३ आश्विन २५, आईतवार २३:४२
हेटौँडा, असोज २५ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ दुविचौरस्थित कान्तिलोकपथ सडकखण्डमा बसको डिक्कीको ढोकाले लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । आइतबार अपराह्न करिब ४ बजे बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०६६४ नम्बरको बसको साइडमा रहेको डिक्कीको ढोकाले ठक्कर दिँदा स्थानीय ४१ वर्षीय वीरबहादुर स्याङ्तान घाइते भएका थिए । प्रहरीका अनुसार बसका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ निवासी ३१ वर्षीय विशाल केसीले चलाएको उक्त बसको डिक्कीको ढोकाले पैदलयात्री स्याङ्तानलाई ठक्कर दिएको थियो । दुर्घटनामा उनको टाउको, छाती र खुट्टामा चोट लागेको थियो । घाइते स्याङ्तानलाई बसका सहचालकले उपचारका लागि हेटौँडा अस्पताल ल्याएका थिए । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि…