राजमार्ग खबर

नुवाकोटमा बाढीपहिरो प्रभावित सडक मर्मत तीव्र, विभिन्न स्थानमा तुइन निर्माण र पुनःस्थापनाको काम जारी

नुवाकोटमा बाढीपहिरो प्रभावित सडक मर्मत तीव्र, विभिन्न स्थानमा तुइन निर्माण र पुनःस्थापनाको काम जारी

नुवाकोट, भदौ १९ गते । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, नुवाकोटले जिल्लाका विभिन्न सडक तथा आवागमनसँग सम्बन्धित पूर्वाधार मर्मत तथा निर्माण कार्यलाई तीव्रता दिएको छ। कार्यालयका अनुसार चौघडा पुल–बाहुनबेँसी–नर्जामाण्डप–लच्याङ–सरमथली–पर्च्याङ सडकखण्डमा ४ वटा जेसीबी र १ वटा टिपर प्रयोग गरी मर्मत कार्य भइरहेको छ। त्यसैगरी विदुर–चोगते–बोरेभञ्ज्याङ–लच्याङ–सरमथली–पर्च्याङ सडक, चोगते–उपल्लो गेर्खुटार–केराघारी सडक, चोगते–कुवापानी–बेत्रावती सडक तथा कल्याणी–मलागाउँ–निरञ्जना सडकमा समेत मर्मत कार्य जारी रहेको छ। यसैगरी हर्रे–कल्याणी सडक, बागखोर–झ्याङ्ली सडक र तादी पुल–मलागाउँ हुँदै बागखोरसम्मको सडक मर्मत कार्य पनि सञ्चालनमा रहेको कार्यालयले जनाएको छ। सडक मर्मतसँगै नदी तथा खोलाका कारण प्रभावित आवागमनलाई सहज बनाउन तुइन निर्माणको कामसमेत अघि बढाइएको छ।…
Read More
भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु, एक साताभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु, एक साताभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

मकवानपुर, भदौ १८ गते । मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकखण्डको मर्मत तथा पुनःनिर्माण कार्य आजदेखि सुरु गरिएको छ। सडक मर्मतका लागि आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरी भीमफेदी र सिस्नेरी दुवैतर्फबाट एकैसाथ काम अघि बढाइएको हो। आज सडकखण्डअन्तर्गत भीमफेदीदेखि कोगटे हुँदै इपा देउरालीसम्मको स्थलगत निरीक्षण सम्पन्न गरिएको छ। सडक मर्मतका लागि चार वटा एक्साभेटर, दुई वटा लोडर लगायत आवश्यक अन्य सवारीसाधन तथा उपकरण परिचालन गरिएको जनाइएको छ। सडकको अवस्था हेरेर दुवैतर्फबाट निर्माण तथा मर्मतको काम अघि बढाइएकाले बढीमा एक साताभित्र सडकमा यातायात सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। सडक अवरुद्ध हुँदा भीमफेदी–देउराली–कुलेखानी खण्डमा सवारीसाधनको चाप बढेर जाम हुने समस्या देखिँदै आएको थियो।…
Read More
नाम्सी खोलामा स-साना ढुंगा खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सतर्कता अपनाउन आग्रह

नाम्सी खोलामा स-साना ढुंगा खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सतर्कता अपनाउन आग्रह

चितवन, भदौ १८ गते । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट स-साना ढुंगा सडकमा खसेपछि सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार बिहान करिब ९ः३५ बजे पुल नजिकै माथिबाट ढुंगा सडकमा झरेका हुन्। सडकमा खसेका ढुंगा हटाउने कामका लागि केही समय मात्र लाग्ने जनाइएको छ। हाल उक्त स्थानमा सवारी आवागमन नयाँ पुलबाट सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक डिभिजनले यात्राका क्रममा विशेष सावधानी अपनाउन तथा सडकको अवस्था हेरेर, आवश्यक परे सवारी रोकेर र अवस्था बुझेर मात्रै सुरक्षित रूपमा यात्रा गर्न सबैमा अनुरोध गरेको छ।
Read More
वर्षौंदेखिको डुबान समस्या समाधान, हेटौंडा–४ को स्कुलरोड फराकिलो र व्यवस्थित

वर्षौंदेखिको डुबान समस्या समाधान, हेटौंडा–४ को स्कुलरोड फराकिलो र व्यवस्थित

हेटौंडा, भदौ १७ गते । हेटौंडा उपमहानगरपालिका–४ अन्तर्गतको स्कुलरोड क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको डुबान तथा ढल निकासको समस्या समाधान भएको छ। ढल निर्माण तथा सडक स्तरीकरणको काम सम्पन्न भएपछि सडकको आवतजावत सहज बनेको हो। हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको जानकारीअनुसार आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा क्याम्पस तथा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरू लगायत हजारौँ नागरिक दैनिक आवतजावत गर्ने उक्त सडकमा विगतमा वर्षायाममा डुबानका कारण आवतजावतमा निकै कठिनाइ हुने गरेको थियो। वर्षौँदेखि ढल निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षामै सडकमा पानी जम्ने र आवतजावत प्रभावित हुने समस्या रहेको वडाध्यक्ष सिग्देलले उल्लेख गरेका…
Read More
ट्रक बिग्रिएपछि अवरुद्ध हेटौंडा–भैंसे सडकखण्ड पुनः सञ्चालनमा

ट्रक बिग्रिएपछि अवरुद्ध हेटौंडा–भैंसे सडकखण्ड पुनः सञ्चालनमा

हेटौंडा, भदौ १६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–१ त्रिखण्डीमा मालवाहक ट्रक बिग्रिएपछि अवरुद्ध भएको हेटौंडा–भैंसे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मंगलबार बिहान करिब १०ः५० बजे वैकल्पिक ड्राइभर्सनमा ना.५ ख ५४१८ नम्बरको मालवाहक ट्रकको सापट भाँचिएपछि सडक एकतर्फी अवरुद्ध भएको थियो। ट्रक सडकखण्डमै बिग्रिएपछि केही समय सवारी आवागमन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सडक अवरुद्ध भएपछि प्रहरीले जेसिबीको सहयोगमा बिग्रिएको ट्रकलाई सडकबाट हटाएको थियो। ट्रक हटाएसँगै बिहान ११ः४५ बजे सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सडक सञ्चालनमा आएपछि हेटौंडा–भैंसे सडकखण्डमा रोकिएका तथा आवतजावत गरिरहेका सवारीसाधनको आवागमन सामान्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Read More
हेटौँडा–६ पुतली बजारको सडकको दुरवस्थाप्रति सामाजिक अभियन्ता महतको ध्यानाकर्षण, ‘कर तिर्ने नागरिकले सुरक्षित सडक कहिले पाउने?’

हेटौँडा–६ पुतली बजारको सडकको दुरवस्थाप्रति सामाजिक अभियन्ता महतको ध्यानाकर्षण, ‘कर तिर्ने नागरिकले सुरक्षित सडक कहिले पाउने?’

हेटौंडा, भदौ १६ गते । हेटौँडा उपमहानगरपालिका–६ पुतली बजार क्षेत्रको सडकको दुरवस्थाप्रति सामाजिक अभियन्ता तथा सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष विशालराज महतले ध्यानाकर्षण गराएका छन्। महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत पुतली बजारको व्यस्त सडकको अवस्थाबारे प्रश्न उठाउँदै सडक निर्माण तथा मर्मतमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका हुन्। उनले नागरिकले सडक कर, सवारीसाधन नवीकरण कर तथा पेट्रोलियम पदार्थमा लाग्ने करलगायतका विभिन्न शीर्षकमा नियमित रूपमा कर तिर्दै आए पनि नागरिकले दैनिक प्रयोग गर्ने सडकको अवस्था भने अपेक्षाअनुसार सुधार हुन नसकेको गुनासो गरेका छन्। ‘कर तिर्ने काम नागरिकको, सडक बनाउने कामचाहिँ कुन सरकारको?’ भन्दै महतले प्रश्न गरेका छन्। कर तिर्न केही…
Read More
कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं सडकमा सवारी चाप, यात्रामा कठिनाइ

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं सडकमा सवारी चाप, यात्रामा कठिनाइ

हेटौंडा , भदौ १६ गते । पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरको हेटौंडा हुँदै काठमाडौं जाने–आउने सडकखण्डमा सवारी चाप बढेको छ। सडक अवरुद्ध भएसँगै वैकल्पिक मार्गका रूपमा हेटौंडा–काठमाडौं सडक प्रयोग गर्ने सवारीसाधनको संख्या बढ्दा हेटौंडा क्षेत्रमा समेत आवागमन प्रभावित भएको हो। बिहानैदेखि सुरु भएको सवारी जाम दिउँसोपछि झनै बढ्दै गएको छ। सवारीसाधनको अत्यधिक चापका कारण हेटौंडा हुँदै काठमाडौं जाने तथा काठमाडौंबाट हेटौंडातर्फ आउने यात्रुले सास्ती व्यहोर्नुपरेको छ। पृथ्वीराजमार्गको कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष प्रभाव हेटौंडा क्षेत्रमा परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। सडकमा सवारीको चाप बढेसँगै सम्भावित थप समस्या र यात्रुको असहजतालाई मध्यनजर गर्दै प्रशासनले अत्यावश्यक…
Read More
नारायणगढ–मुग्लिन सडकमा त्रिशूलीको कटान, नाम्सीखोला क्षेत्रमा सुरक्षा संकेत राखियो

नारायणगढ–मुग्लिन सडकमा त्रिशूलीको कटान, नाम्सीखोला क्षेत्रमा सुरक्षा संकेत राखियो

चितवन, भदौ १५ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सीखोला पुलनजिक त्रिशूली नदीले सडक छेउको भाग कटान गरेपछि सडक डिभिजन भरतपुरले सुरक्षा सतर्कता अपनाएको छ। सडक डिभिजन भरतपुरका अनुसार नाम्सीखोला पुलबाट करिब १ किलोमिटर नारायणगढतर्फ (Ch 31+050) त्रिशूली नदीले सडक छेउबाट खोलातर्फ करिब ४.५ मिटर बाहिर र करिब ३० मिटर लम्बाइमा कटान गरेको हो। कटान भएको स्थानको सडक डिभिजन भरतपुरका डिभिजन प्रमुखको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणपछि सवारी चालक तथा यात्रुलाई सम्भावित जोखिमबारे सचेत गराउन उक्त स्थानमा कोन तथा रिफ्लेक्टिभ स्टिकर राखिएको सडक डिभिजनले जनाएको छ। सडक डिभिजनका अनुसार तत्काल उक्त स्थानमा यात्रा गर्दा ठूलो जोखिम नरहे पनि…
Read More
हेटौंडामा EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते, सबैको हेटौंडा अस्पतालमा उपचार हुँदै

हेटौंडामा EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते, सबैको हेटौंडा अस्पतालमा उपचार हुँदै

हेटौंडा, भदौ १४ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गमा यात्रुबाहक EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १२ः३० बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज. ०६९७ नम्बरको यात्रुबाहक EV र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको यात्रुबाहक सुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना तथा EV चालकसहित EV मा सवार ५ जना गरी ११ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल, मकवानपुरमा ल्याइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये सुमो चालक पर्सा बिन्दवासिनी गाउँपालिका–३ का करिब ३४ वर्षीय रविन्द्र उपाध्यायको दुवै खुट्टा र ढाडमा…
Read More
कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा बन्द

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा बन्द

चितवन, भदौ १४ गते । त्रिशूली नदीमा आएको बाढीका कारण मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत धादिङ जिल्लाको कृष्णभीरमा सडक भासिएपछि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज बिहान त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिन गएको हो। सडकको अवस्था जोखिमपूर्ण बनेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि आवागमन बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–काठमाडौं सडकखण्ड भएर यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारीचालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचना मार्फत सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुहरूले आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक मार्गबाट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.