इन्द्रसरोवरको देवलटारमा ब्याक भएर हाईस खोलामा खस्यो, मानवीय क्षति हुनबाट जोगियो

देवलटार, मंसिर ६ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ देवलटारस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा हाईस गाडी दुर्घटना भएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि गाडीमा भने क्षति पुगेको छ।

आज दिउँसो करिब २:२० बजे काठमाडौंँबाट सर्लाहीतर्फ जाँदै गरेको बा.४ ख ६०३५ नम्बरको हाईस गाडी बिग्रिएर सडकमा रोकिएको अवस्थामा अचानक पछाडि ब्याक भई सडकबाट करिब २ मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेत, मकवानपुरबाट ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार दुर्घटनाका बेला हाईसमा कोही पनि सवार नरहेकाले मानवीय क्षति हुन पाएन। दुर्घटनामा हाईस गाडीमा क्षति पुगेको छ भने गाडी घटनास्थलमै रहेको छ।

हाईस चालक सर्लाहीको बरथहवा नगरपालिका–२ निवासी करिब ४४ वर्षीय लवहरी थापा रहेको प्रहरीले जनाएको छ। चालकले मादक पदार्थ सेवन नगरेको र कागजातसमेत ठीक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

इन्द्रसरोवरको देवलटारमा ब्याक भएर हाईस खोलामा खस्यो, मानवीय क्षति हुनबाट जोगियो

इन्द्रसरोवरको देवलटारमा ब्याक भएर हाईस खोलामा खस्यो, मानवीय क्षति हुनबाट जोगियो

इन्द्रसरोवरको देवलटारमा ब्याक भएर हाईस खोलामा खस्यो, मानवीय क्षति हुनबाट जोगियो

बकैयामा बालबालिकाले आगो खेलाउँदा घरमा आगलागी, ७ लाख रुपैयाँ बराबरको क्षति

इन्द्रसरोवरको देवलटारमा ब्याक भएर हाईस खोलामा खस्यो, मानवीय क्षति हुनबाट जोगियो

हेटौंडाका उद्योगको करोडौँ CSR रकम नगरवासीको हितमा परिचालन गर्न विशालराज महतको माग, उपमहानगरपालिकालाई विशेष पहल गर्न आग्रह

इन्द्रसरोवरको देवलटारमा ब्याक भएर हाईस खोलामा खस्यो, मानवीय क्षति हुनबाट जोगियो

मकवानपुरमा क्षमताभन्दा बढी सिट राखिएका ३ EV सहित ५ सवारीसाधन कारबाहीमा, ४५ हजार रुपैयाँ जरिवाना

इन्द्रसरोवरको देवलटारमा ब्याक भएर हाईस खोलामा खस्यो, मानवीय क्षति हुनबाट जोगियो

मकवानपुरको चित्लाङमा ६ किलो ४० ग्राम चरेशजस्तो पदार्थसहित दुई जना पक्राउ, एसयूभी गाडी नियन्त्रणमा

इन्द्रसरोवरको देवलटारमा ब्याक भएर हाईस खोलामा खस्यो, मानवीय क्षति हुनबाट जोगियो

हेटौंडाका स्वास्थ्य प्रयोगशालामाथि लापरवाहीको आरोप, प्रभावकारी अनुगमन र कारबाही गर्न सामाजिक अभियन्ता विशालराज महतको माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.