Day: २०८३ मंसिर ६, आईतवार २१:१३

इन्द्रसरोवरको देवलटारमा ब्याक भएर हाईस खोलामा खस्यो, मानवीय क्षति हुनबाट जोगियो

इन्द्रसरोवरको देवलटारमा ब्याक भएर हाईस खोलामा खस्यो, मानवीय क्षति हुनबाट जोगियो

देवलटार, मंसिर ६ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ देवलटारस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा हाईस गाडी दुर्घटना भएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि गाडीमा भने क्षति पुगेको छ। आज दिउँसो करिब २:२० बजे काठमाडौंँबाट सर्लाहीतर्फ जाँदै गरेको बा.४ ख ६०३५ नम्बरको हाईस गाडी बिग्रिएर सडकमा रोकिएको अवस्थामा अचानक पछाडि ब्याक भई सडकबाट करिब २ मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेत, मकवानपुरबाट ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार दुर्घटनाका बेला हाईसमा कोही पनि सवार नरहेकाले मानवीय क्षति हुन पाएन। दुर्घटनामा हाईस गाडीमा क्षति पुगेको छ भने गाडी घटनास्थलमै रहेको छ।…
Read More
बकैयामा बालबालिकाले आगो खेलाउँदा घरमा आगलागी, ७ लाख रुपैयाँ बराबरको क्षति

बकैयामा बालबालिकाले आगो खेलाउँदा घरमा आगलागी, ७ लाख रुपैयाँ बराबरको क्षति

उपचौर, मंसिर ६ गते । मकवानपुरको बकैया गाउँपालिका–६ उपचौरमा बालबालिकाले आगो खेलाउने क्रममा एक घरमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्राप्त जानकारीअनुसार, आज बिहान करिब ७ बजे स्थानीय प्रकाश बलको काठले बनेको खरले छाएको दुईतले घरमा आगलागी भएको हो। घरमा कोही नभएको अवस्थामा बालबालिकाले आगो खेलाउने क्रममा अचानक आगलागी भएको प्रारम्भिक विवरणमा उल्लेख छ। आगलागी भएपछि स्थानीयवासीहरू एकजुट भई आगो निभाउन खटिएका थिए। स्थानीयको सक्रियतामा बिहान करिब ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेका अन्नपात,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.