२०८३ कार्तिक २१, शनिबार २१:२४
२०८३ कार्तिक २१, शनिबार २१:२४
काठमाडौं, कार्तिक २१ गते । साइबर ठगीका घटना बढ्दै जाँदा सर्वसाधारणको आर्थिक सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले २४ घण्टे एकीकृत साइबर अपराध प्रतिकार्य केन्द्र सञ्चालनमा ल्याएको छ। फोन कल, एसएमएस तथा विभिन्न डिजिटल माध्यमबाट हुने ठगी नियन्त्रण गर्न नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र दूरसञ्चार क्षेत्रका टोलीलाई एउटै संयन्त्रमा आबद्ध गरी केन्द्र सुरु गरिएको हो। गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको जनहितको सन्देशअनुसार उक्त केन्द्रले साइबर ठगीका घटनामा तत्काल प्रतिक्रिया दिने र पीडितको रकम सुरक्षित गर्ने उद्देश्य राखेको छ। गृहमन्त्री गुरुङका अनुसार अब साइबर ठगीसम्बन्धी उजुरीमा कागजी प्रक्रियाका कारण हुने ढिलाइ कम गर्दै 'रियल टाइम…